ad ad

खेल


भारतीय फुटबल महासंघ फिफाबाट निलम्बन

महिला फुटबल विश्वकप आयोजना गर्ने अधिकार पनि खोसियो
भारतीय फुटबल महासंघ फिफाबाट निलम्बन

नेपालखबर
साउन ३१, २०७९ मंगलबार ९:७, काठमाडौँ

अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाले भारतीय फुटबल महासंघ  (एआईएफएफ) लाई निलम्बन गरेको छ।

फिफाले विज्ञप्ति जारी गरी परिषदले सर्वसम्मतिले भारतीय फुटबल महासंघलाई निलम्बन गर्ने निर्णय गरेको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘यहाँ तेस्रो पक्षको हस्तक्षेप छ, जुन फिफा नियमहरूको गम्भीर उल्लङ्घन हो।’

योसँगै भारतले यसै वर्ष आयोजना गर्ने भनेको यू–१७ महिला फुटबल विश्वकप पनि आयोजना गर्न नपाउने भएको छ। यो प्रतियोगिता अक्टोबर ११ देखि ३० सम्म भारतका विभिन्न राज्यमा आयोजना गर्ने भनिएको थियो। 

फिफाले यो निलम्बन तत्काल लागू हुने जनाएको छ। यस महिनाको सुरुमा फिफाले भारतीय फुटबल महासंघलाई निलम्बनको चेतावनी दिएको थियो।

फिफाले विज्ञप्तिमा एआईएफएफका अधिकारीहरूको दैनिक कामकाजमा पूर्ण नियन्त्रण भएपछि मात्र यो निलम्बन फिर्ता लिने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .