ad ad

खेल


भारतसँग हारेसँगै प्रशिक्षक हरि खड्काले दिए राजीनामा

भारतसँग हारेसँगै प्रशिक्षक हरि खड्काले दिए राजीनामा

लक्ष्मी जि.सी
मंसिर २३, २०७६ सोमबार ९:२०,

१३ औं साग अन्तर्गत महिला फुटबलको फाइनलमा पराजित भएपछि नैतिकताका आधारमा नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले राजीनामा दिएका छन्।

पोखरा रंगशालामा सोमबार सम्पन्न फाइनलमा भारतसँग २-० ले पराजित भएसँगै नेपालको स्वर्णपदक सपना तुहिएको थियो। यसवर्षमात्रै नेपालले गुमाएको यो तेस्रो फाइनलमा थियो। 

हारलगत्तै प्रशिक्षक खड्काले राजीनामा घोषणा गर्दै भने, 'हारको सम्पूर्ण जिम्मेवारी लिदैँ आजैका मितिबाट महिला टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएको छु। प्रशिक्षकबाट राजीनामा दिएपनि फुटबलमा भने कुनै न कुनै भुमिकामा रहनेछु।' 

खड्का एन्फा अन्तर्गतको महिला फुटबल प्रमुख पनि हुन्। नेपाली पुरुष फुटबल इतिहासमा निराजन रायमाझीसँगै सर्वाधिक(१३) गोलकर्ता रहेका खड्का गतवर्ष जेठमा महिला राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त भएका थिए।

गतवर्ष भुवेनेश्वरमा भएको गोल्डकपमा खड्काकै प्रशिक्षकत्वमा नेपालले भारतलाई पहिलो पटक पराजित गरेको थियो। त्यसपछि गत वर्ष फागुनमा भएको साफ महिला च्याम्पियनसिपमा भने उनको प्रशिक्षकत्वको नेपाली टोली फाइनलमा भारतसँग नै स्तब्ध भएको थियो।

यस्तै यसैवर्ष नेपाली महिला टोलीलाई पहिलो पटक ओलम्पिक छनौटको दोस्रो चरणमा पुर्‍याएका खड्काले जारी सागमा भारतसँग पुन: पराजित भएसँगै राजीनामा दिएका हुन्। 

सन् १९८६ को एसियन कपबाट अन्तर्राष्ट्रिय फुटबलमा पाइला टेकेको नेपाली महिला फुटबलले त्यसयता जारी सागमा आइपुग्दा ९ पल्ट फाइनल खेले पनि उपाधि जित्न भने सकेको छैन। यसक्रममा नेपाल भारतसँगमात्रै उपाधि होडमा ७ पटक पराजित भएको छ। 

यो पनि: भारतसँग हारेपछि तुहियो स्वर्ण सपना, नवौं पटक फाइनलमा चुक्यो महिला टोली

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .