ad ad

समाज


गत आर्थिक वर्षमा ३५१ वटा भ्रष्टाचार मुद्दा दर्ता

गत आर्थिक वर्षमा ३५१ वटा भ्रष्टाचार मुद्दा दर्ता

नेपालखबर
मंसिर २३, २०७६ सोमबार ९:१०,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५/०७६ आयोगको इतिहासमा सबैभन्दा सफल वर्ष भएको बताएको छ।

अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त नविन कुमार घिमिरेले यस्तो बताएका हुन्। आयोगको २९ वर्षे इतिहासमा गतवर्ष सबैभन्दा बढी मुद्दा दर्ता भएको उनले बताए। आर्थिक वर्ष २०७५/०७६ मा ३५१ वटा मुद्दा दर्ता भएको र अदालतको फैसला समेत अध्ययन गर्दा ८८ प्रतिशतभन्दा बढीमा सफलता मिलेको उनले बताए। चालु आर्थिक वर्षमा मात्रै ११२ दिन कार्यालय खुलेकोमा १७० मुद्दा दर्ता भएको उनले बताए।

देश संघीय संरचना गएपछि अख्तियारको संरचनामा पनि परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले अहिले १५ सय भन्दा बढी विषयहरु अध्ययनको क्रममा रहेको बताएका छन्। अबको अनुसन्धान कार्यालय प्रमुखमाथि पनि केन्द्रित हुने उनले बताए।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले भ्रष्टाचारमा नेपालको अवस्था चिन्ताजनक भएको बताएका छन्। कुल १ सय पूर्णाङ्कमा ३१ अंक प्राप्त गरेको नेपाल विश्वमा धेरै भ्रष्टाचार हुने मुलुकको सूचीमा रहेको उनले बताए। ‘५० भन्दा कम अंक ल्याउने मुलुकमा धेरै भ्रष्टाचार हुन्छ भन्ने देखाउँछ। नेपाल त्यो भन्दा पनि धेरै तल छ। विगत वर्षभन्दा पनि यो वर्ष अझ भ्रष्टाचार बढेको छ’, उनले भने।
आयोगले स्थानीय तहहरुको उजुरीको प्रतिशत बढिरहेको जनाएको छ। भ्रष्टाचारविरुद्ध सबैलाई हातेमालो गर्न आयोगले सबैमा अनुरोध गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .