अटो


टाटा मोटर्सको थ्रिएस वर्कशप हेटौंडामा

टाटा मोटर्सको थ्रिएस वर्कशप हेटौंडामा

नेपालखबर
मंसिर २३, २०७६ सोमबार ६:५७,

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले हेटौँडाको बसामाडीमा थ्रिएस वर्कशप सञ्चालनमा ल्याएको छ।

सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर ज.ब.रा. तथा टाटा मोटर्सको कमर्सियल भेहिकलका प्रमुख गिरिश वागले संयुक्त रूपमा सो वर्कशपको समुद्घाटन गरेको कम्पनीले जनाएको छ।

WEL 1517

उक्त समुद्घाटन समारोहमा टाटा मोटर्सको कमर्सियल भेहिकल अन्तर्राष्ट्रिय व्यापार प्रमुख रुद्ररुप मैत्रा, सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, सिप्रदी कम्पनीजका प्रमुख कार्यसञ्चालन अधिकृत राजेश प्रसाद गिरी, सिप्रदी कम्पनिजका उपाध्यक्ष सौरभराज थपलियाका साथै सिप्रदीका कर्मचारीहरू र ग्राहकहरूको पनि उपस्थिति थियो।

tata hetauda 2

उक्त कार्यक्रममा टाटा मोटर्सको कमर्सियल भेहिकलका प्रमुख गिरिश वागले टाटा मोटर्सले बिक्रीपछिको सेवा (आफ्टर सेल्स सर्भिस) लाई ठूलो प्राथमिकता दिने जनाउँदै सर्भिस सेन्टर संजाल थप विस्तार गरिएको प्रति खुसी व्यक्त गरे। उनले अटोमोबाइल इन्डष्ट्रिजको भविष्य भनेको नै ग्राहकको खुसी भएको प्रति जोड दिए।

सोही समारोहमा बोल्दै सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर ज.ब.रा.ले निरन्तर सहयोगका लागि ग्राहकहरू, कर्मचारीहरू तथा टाटा मोटर्स लिमिटेडप्रति आभार व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .