ad ad

खेल


विश्वकपमा फुटबल समर्थकलाई सहज आवतजावत दिन कतार–साउदी अरेबिया बैठक

विश्वकपमा फुटबल समर्थकलाई सहज आवतजावत दिन कतार–साउदी अरेबिया बैठक

नेपालखबर
साउन २६, २०७९ बिहिबार १३:५५, काठमाडौँ

कतारमा हुनलागेको विश्वकप फुटबलका बेला समर्थकलाई प्रवेशलगायतबारे निर्णय गर्न पहिलोपटक कतार र साउदी अरेबियाबीच बैठक बसेको छ। 

शेराटन दोहा होटलमा बुधबारदेखि सुरु भएको बैठक दुई दिनसम्म चल्नेछ। खासगरी फिफा विश्वकपका बेला फुटबल समर्थकलाई आबु साम्रा सीमा पार गर्नका लागि आवश्यक प्रक्रिया टुंग्याउन बैठक बसेको कतारको गृह मन्त्रालयले जनाएको छ। 

कतारी डेलिगेसनको नेतृत्व बोर्डर पासपोर्ट्स डिपार्टमेन्टका निर्देशक ब्रिगेडियर नासिर बिन अब्दुल्लाह अल थानीले गरेका छन् भने साउदी डेलिगेसनको नेतृत्व पासपोर्ट्स वफर पोर्ट्स अफेयर्सका सहायक महानिर्देशक ब्रिगेडियर साउद बिन बन्दर अल सूरले गरेका छन्। 

बैठकमा विश्वकपका दौडान कतारमा आउन फुटबल समर्थकलाई सहजसँग आउन दिनका लागि आवश्यक सहकार्य गर्नेबारे छलफल भएको बताइएको छ। त्यसका लागि कतारले गरेको तयारीको प्रस्तुतीकरण भएको थियो। 

त्यस्तै बैठकमा कतार र साउदीका समर्थक समूहसँग सहकार्यको संयन्त्रबारे पनि छलफल भएको बताइएको छ। यसका लागि दुवै देशका फुटबल संघले सहकार्य गर्ने भएका छन्। त्यस्तै पासपोर्ट व्यवस्थापनका लागि पनि दुवै देशका सम्बन्धित निकायले सहकार्य गर्ने भएका छन। यसबाहेक अन्य धेरै एजेन्डामा छलफल भएको मन्त्रालयले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .