ad ad

खेल


एकपक्षीय खेलमा गोकुलमको फराकिलो जित, साम्बा एक्लैको पाँच गोल

एकपक्षीय खेलमा गोकुलमको फराकिलो जित, साम्बा एक्लैको पाँच गोल

नेपालखबर
साउन २५, २०७९ बुधबार १८:२५, काठमाडौँ

नेपाली स्टार फरवार्ड सावित्रा भण्डारी 'साम्बा' को उत्कृष्ट प्रर्दशनमा गोकुलम केरला एफसीले केरला महिला लिगमा सानदार विजयी सुरुवात गरेको छ। 

भारतको केरलास्थित ईएमएस कर्पोरेसन स्टेडियममा भएको बुधबार भएको खेलमा गोकुलमले केरला युनाइटेडलाई ११–० को फराकिलो अन्तरले पराजित गरेको हो। 

एकपक्षीय खेलको पहिलो हाफमा साम्बाले ह्याट्रिकसहित ४ गरेपछि गोकुलमले ६–० को अग्रता बनाएको थियो। 

गोकुलमको जितमा साम्बा एक्लैले ५ गोल गरिन्। कप्तान कश्मिना, सन्ध्या, विभिन, सिन्जीले एक एक गोल गरे। 

गोकुलमका लागि खेलको तेस्रो मिनेटमा नै सावित्रा भण्डारीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिइन्। 
खेलको छैटौँ मिनेटमा कप्तान काश्मिनाले अग्रता दोब्बर पारेकी थिइन्। नवौँ मिनेटमा साम्बाले व्यक्तीगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरिन्। 

खेलको १२ औँ मिनेटमा साम्बाको प्रहार पहिलो बारमा लाग्दै बाहिरिएपछि ह्याट्रिक गर्ने मौका गुमाउन पुगिन्। 

खेलको २६ औँ मिनेटमा साम्बाले ह्याट्रिक पुरा गरिन्। खेलको ३५ औँ मिनेटमा सावित्राले गोल गर्दै खेल ५–० को फराकिलो अग्रतामा पुर्‍याइन्। 

पहिलो हाफमा ६–० को अग्रता बनाएको गोकुलमले दोस्रो हाफमा थप ५ गोल खायो। 

गोकुलमले लिगको अर्को खेलमा सेप्टेम्बर ३ मा डन बोस्को फुटबल एकेडेमीसँग खेल्ने तालिका छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .