ad ad

खेल


एभर्टन पुगे कोडी

एभर्टन पुगे कोडी

नेपालखबर
साउन २४, २०७९ मंगलबार १४:५९, काठमाडौँ

इल्याण्डका सेन्टर ब्याक कोनोर कोडी लोनमा इंग्लिस प्रिमियर लिग क्लब एभर्टन पुगेका छन्। 

एभर्टनले कोडीलाई उल्भ्सबाट लोनमा टोलीमा अनुबन्ध गरेको हो। 

प्रिमियर लिगको शनिबारको खेलमा चेल्सीसँग पराजित हुँदा बेन गोडफ्रे र येरी मिना घाइते भए।  

मर्सीसाइडमा जन्मिएका २९ वर्षीय कोडीले आफू टोलीसँग सामेल हुन आतुर भएको बताउँदै यो मेरो लागि महत्वपूर्ण र गर्विलो दिन हो भने। 

एभर्टनटिभीसँग कुरा गर्दै कोडीले भने, ‘मलाई थाहा छ एभर्टनप्रति मानिसहरुको जोश छ। म यो फुटबल क्लबका लागि हरेक दिन सबै कुरा दिनेछु। यो अवसर पाउँदा म एकदम भाग्यमानी महसुस गरिरहेको छु।’ 

कोडी यो सिजन एभर्टन पुग्ने चौथो खेलाडी हुन्। एभर्टनले यसअघि सेन्टरब्याक जेम्स टार्कोव्स्की बर्नलीका फरवर्ड ड्वाइट म्याकलिन र वुल्भ्सका डिफेन्डर रुबेन भिनाग्रेलाई टोलीमा अनुबन्ध गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .