ad ad

समाज


आत्महत्या न्यूनीकरणका लागि प्रहरी अस्पतालका मनोचिकित्सकद्वारा प्रहरीलाई प्रशिक्षण

आत्महत्या न्यूनीकरणका लागि प्रहरी अस्पतालका मनोचिकित्सकद्वारा प्रहरीलाई प्रशिक्षण

नेपालखबर
साउन २४, २०७९ मंगलबार १४:४५, काठमाडौँ

आत्महत्या न्यूनीकरणका लागि नेपाल प्रहरी अस्पतालमा कार्यरत मनोचिकित्सक प्रहरी उपरीक्षक डा. आशिष दत्तले काठमाडौं उपत्यकाका प्रहरीहरूलाई प्रशिक्षण दिएका छन्।

‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत डा. दत्तद्वारा जिल्ला प्रहरी परिसर र मातहत प्रहरी वृत्त तथा प्रभागसमेतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई तालिम प्रदान गरिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंको सामुदायिक शाखाले यस सम्बन्धी कार्ययोजना तयार गरी पहिलो चरणमा मातहत कार्यालयहरुबाट सम्पर्क अधिकृत तोकी सम्पर्क अधिकृतहरुलाई विषेशज्ञद्वारा प्रशिक्षण दिने र तेस्रो चरणमा प्रशिक्षित सम्पर्क अधिकृतले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वृत्त/प्रभागहरूका समस्याग्रस्त क्षेत्रको पहिचान गरी जनचेतना फैलाउने, टोलटोलमा पुगि कार्यक्रम गर्ने योजना रहेको प्रहरीले जनाएको छ।

 उक्त ‘ट्रेनिङ अफ ट्रेनर्स’ तालिममा प्रहरी निरीक्षक १३ जना, प्रहरी वरिष्ठ नायब निरीक्षक ८ जना र प्रहरी सहायक निरीक्षक ४ जना गरी जम्मा २५ जना प्रहरी कर्मचारीहरु सहभागी थिए।

तालिम प्राप्त अधिकृतहरूद्वारा समाजमा जन चेतनामूलक कार्यक्रम सञ्चालन गरिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .