खेल


एएफसी क्लब च्याम्पियनसिप खेल्न साम्बा भारत प्रस्थान

एएफसी क्लब च्याम्पियनसिप खेल्न साम्बा भारत प्रस्थान

नेपालखबर
साउन २१ , काठमाडौँ

एएफसी क्लब च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ शनिबार भारत प्रस्थान गरेकी छिन्। 

भारतीय महिला लिग च्याम्पियन टोली गोकुलम केरला एफसीमा पुनः अनुबन्ध भएकी साम्बा एफसी क्लब च्याम्पियनसिप खेल्न भारत प्रस्थान गरेकी हुन्। 

साम्बा शनिबार दिउँसो साढे १ बजे त्रिभुवन विमानस्थलमार्फत त्यसतर्फ प्रस्थान गर्नेछिन्। 

सावित्राले यो पटक गोकुलमबाट एएफसी क्लब च्याम्पियनसिप, स्टेट लिग र आई लिग खेल्नेछिन्। 

गोकुलमले सावित्रालाई पहिला नै टोलीको प्रशिक्षणमा सामेल हुन बोलाए पनि उनी नेपाली टोलीको प्रशिक्षणमा नै व्यस्त थिइन्। 

भारतमा एफसी क्लब च्याम्पियनसिपलगत्तै सावित्रा घरेलु मैदानमा हुने महिला साफ च्याम्पियनसिपमा सहभागी हुनेछिन्। 

भारतमा एफसीको खेलले नेपालमा पनि आफूलाई सहयोग पुग्ने साम्बाले बताएकी छिन्। 

भारत जानुअघि साम्बाले भनिन्, ‘भारतमा एफसीको खेलले नेपाली टोलीलाई पनि सहयोग पुग्ने विश्वास छ।’

उनले थपिन्, ‘त्यहाँ प्रशिक्षण गर्दा धेरै नयाँ कुराहरु सिक्न पाइन्छ। त्यहाँ सिकेको कुरालाई म राष्ट्रिय टोलीमा प्रयोग गर्नेछु। म जहाँ भएपनि मेरो प्राथमिकता भनेको नेपाली राष्ट्रिय टोली नै हुनेछ।’ 

साम्बा लगातार दोस्रो पटक गोकुलममा अनुबन्ध भएकी हुन्। आई लिगको दुई सिजन साम्बाले दुई फरक क्लबबाट खेलेकी थिइन्।
दुवै सिजन क्लबलाई च्याम्पियन बनाउन साम्बाले महत्वपूर्ण भूमिका खेलेकी थिइन्।

साउन २१, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.