ad ad

राजनीति


भोलि संसद बैठकमा प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्तावमा छलफल हुने

भोलि संसद बैठकमा प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्तावमा छलफल हुने

नेपालखबर
साउन २१, २०७९ शनिबार १२:१६, काठमाडौँ

सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबराविरुद्ध संसदमा दर्ता भएको महाभियोगमाथि छलफल अघि बढ्ने भएको छ।

प्रतिनिधिसभाको आइतबार बस्ने बैठकमा प्रधानन्यायाधीश जबरामाथिको महाभियोग प्रस्तावमाथि छलफल हुने संसद् सचिवालय स्रोतले जनाएको छ।

१ फागुन २०७८ मा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का ९८ सांसदको हस्ताक्षरसहित संसद सचिवालयमा राणा विरुद्ध महाअभियोग दर्ता गरेका थिए।

तर, सचिवालयमा दर्ता भएको लामो समय बित्दा पनि महाभियोग प्रस्ताव अघि बढेको थिएन।

संविधान र कानूनको गम्भीर उल्लंघन गरेको, कार्यक्षमता अभाव, खराब आचरण, इमान्दारपूर्वक पदीय कर्तव्य पालना नगरेको र आचारसंहिता गम्भीर उल्लंघन गरेको लगायत २१ आरोप लगाएर राणामाथि महाभियोग दर्ता गरिएको थियो।

२२ फागुनमा बसेको प्रतिनिधिसभा बैठकले प्रधानन्यायाधीश जबरामाथि लगाइएको महाभियोगको छानबिन गर्न संविधानको धारा १०१ अनुसार ११ सदस्यीय ‘महाभियोग सिफारिस समिति’ गठन गरेको थियो।

याे पनि:

पाँच महिनापछि चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्ताव अघि बढाइँदै

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .