ad ad

खेल


भारतको जितले नेपाल साफको फाइनलमा पुग्नबाट रोकियो

भारतको जितले नेपाल साफको फाइनलमा पुग्नबाट रोकियो

नेपालखबर
साउन १७, २०७९ मंगलबार २१:३८, काठमाडौँ

मालदिभ्सलाई पराजित गर्दै भारतले साफ यू २० को फाइनलमा स्थान बनाएसँगै नेपालको फाइनल खेल्ने सपना अधुरै रहेको छ। 

भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मंगलबार साँझ भएको खेलमा भारतले मालदिभ्सलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। 

यदी मालदिभ्सले भारतलाई पराजित गरेको भए नेपाल फाइनलमा पुग्ने सम्भावना थियो। दोस्रो हाफको अन्तिम मिनेटमा भारतले गोल गर्दै जित निकालेपछि साविक विजेता उपाधि रक्षाको बाटोमा छ। 

खेलको ८९ मिनेटसम्म भारतलाई गोलरहित बराबरीमा रोकेको मालदिभ्स अन्तिम समयमा गोल खान पुग्यो। खेलमा थप गरिएको ६ मिनेटमा भारत १० खेलाडीमा सिमित हुन पुग्यो। निर्धारित समयपछि थप गरिएको समयमा भारतका खेलाडीले रातो कार्ड खाँदै मैदान छाडे। 

आजै भएको पहिलो खेलमा नेपालले बंगलादेशसँग एक एकको बराबरी खेल्दै अंक बाँडेपछि नेपालको फाइनल पुग्ने सम्भावना जिवित थियो। यद्यपी मालदिभ्ससँगको जितले नेपालको फाइनल पुग्ने सपना अधुरै रहेको छ। 

च्याम्पिनयसिपमा अपराजित रहेको बंगलादेशले ४ खेलबाट १० अंक बनाउँदै शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो।

भारतले भने ३ खेलमा जित, १ खेलमा हार भोग्दै ९ अंकमा दोस्रो स्थानमा रहेर उपाधि नजिक पुगेको हो। भारतले अब उपाधि रक्षाका लागि बंगलादेशसँग शुक्रबार स्पर्धा गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .