पेरिस सेन्ट जर्मेन (पीएसजी)ले ट्रफी डेस च्याम्पियन्सको उपाधि जितेको छ।
आइतबार भएको खेलमा नान्टेसमाथि ४–० गोल अन्तरको फराकिलो जित हात पार्दै पीएसजीले उपाधि जितेको हो। पीएसजीको नयाँ प्रशिक्षकको रुपमा क्रिस्टोफर गाल्टियर आएपछि टोलीको यो पहिलो जित हो।
आइतबारको खेलमा पीएसजीलाई जित दिलाउने क्रममा खेलको २२ औं मिनेटमा लियोनेल मेस्सीले गोल गरेका थिए भने पहिलो हाफको इन्ज्युरी समयमा नेयमारले अर्को गोल थपेका थिए।
पहिलो हाफमा २–० ले अगाडि रहेको पीएसजीका लागि ५७ औं मिनेटमा सर्जिओ रामोसले अर्को गोल थपेका थिए भने खेलको ८२ औं मिनेटमा पेनाल्टीमार्फत नेयमारले व्यक्तिगत दोस्रो गोल गरे।
पीएसजीले पछिल्लो १० ट्रफी डेस च्याम्पियन्समध्ये नौवटामा जित हात पारेको छ।
फ्रान्स र जर्मनीको लिग विजेता क्लबले यो उपाधिको लागि प्रतिस्पर्धा गर्ने गरेका छन्। नान्टेसले फ्रेन्च कपको उपाधि जितेको थियो।
Shares
प्रतिक्रिया