खेल


नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका किर्तिमानी खेलाडीले नगद पुरस्कार पाउने

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका किर्तिमानी खेलाडीले नगद पुरस्कार पाउने

नेपालखबर
साउन १५, २०७९ आइतबार २१:४०, काठमाडौँ

गण्डकी प्रदेशको पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा किर्तिमान कायम गर्ने र पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिइने भएको छ। 

राष्टिय खेलकुद परिषद् (राखेप) को आइतबार बसेको ११३ औँ पूर्ण बैठकले राष्ट्रिय खेलकुदमा किर्तिमान कायम गर्ने खेलाडीलाई ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो।

यस्तै, एकल स्पर्धामा स्वर्ण पदक विजेता खेलाडीलाई २५ हजार तथा टिम इभेन्टस्मा स्वर्ण जित्ने खेलाडीलाई १५ हजार रुपैयाँ दिने निर्णय गरेको छ। 

नवौं राष्ट्रिय खेलकुदमा सहभागी खेलाडी तथा अफीसियललाई दैनिक २ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने, प्रदेश छनौटका लागि आवश्यक बजेट उपलव्ध गराउने र सम्बन्धित जिल्ला तथा प्रदेशका खेलाडीहरुले मात्र सम्बन्धित टीममा सहभागि हुनु पर्ने निर्णय बैठकले गरेको छ। 

नवौँ खेलकुदका लागि प्रदेश र विभागीय टोलीबाट भदौ १५ गतेसम्म खेलाडीको सख्या र २५ गतेसम्म नाम दर्ता गराइसक्नुपर्ने बताएको छ। नवौँ खेलकुदमा ३३९ महिला र ३६९ जना पुरुष खेलाडीको कोटा निर्धारण गरिएको छ। 

११ टोली सहभागी हुने खेलकुदमा ३६ खेलका ४०७ इभेन्ट्समा स्पर्धा हुनेछ। २ खेलको भने प्रर्दशनी मात्र हुनेछ। 

यस्तै, बैठकले खेल संघ विवाद सहजीकरणका लागि उपाध्यक्ष शिव कोईरालाको संयोजकत्वमा समिति गठन गरेको छ।

परिषदको कर्मचारी सेवा, शर्त सम्वन्धी विनियम तयार गर्न परिषद सदस्य प्रकाश कुसारीको संयोजकत्मा समिति गठन गर्ने, परिषदको भौतिक संरचना तथा सम्पती यकिन तथा प्रदेशमा हस्तान्तरण सम्वन्धी परिषद सदस्य अन्जन धमलाको संयोजकत्वमा समिति गर्ने र परिषद अन्तर्गत कार्यरत कर्मचारीलाई अर्को व्यवस्था नभए सम्मका लागि कामकाज गर्न प्रदेश खेलकुद संरचनामा पठाईने निर्णय पनि गरेको छ। 

सन् २०२३ मा हुने चौधौं साग, २०२३ मा हुने १९ औ एशियाली खेलकुद, २०२४ मा पेरिस ओलम्पिक, २०२६ मा शितकालिन ओलम्पिक र २०२६ को डकार युथ ओलम्पिक गेम्सका तयारीका लागि बजेट व्यवस्था तथा तयारी गर्ने, ओ एन्ड एम सर्भे समिति गठन, खेलाडी छात्रवास निर्माण र मूलपानीमा एनएससी फिट्नेस सेन्टरको स्थापना गर्ने लगायतको निर्णय पनि बैठकले गरेको छ। 

बैठकले परिषद्को आ.व. २०७९÷०८० को बार्षिक योजना, कार्यक्रम तथा बजेट पारित गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .