ad ad

खेल


साफ यू–२० चयाम्पियनसिप : आयोजक भारतको पहिलो जित, अब नेपालसँग भिड्ने

श्रीलंका समूह चरणबाटै बाहिरियो
साफ यू–२० चयाम्पियनसिप : आयोजक भारतको पहिलो जित, अब नेपालसँग भिड्ने

नेपालखबर
साउन १३, २०७९ शुक्रबार १८:५१, काठमाडौँ

साफ यू–२० च्याम्पियनसिप फुटबलमा साविक विजेता भारतले पहिलो जित दर्ता गरेको छ। 

भारतको भुवनेश्वरमा शुक्रबार भएको खेलमा घरेलु टोली भारतले श्रीलंकालाई ४-० गोल अन्तरले पराजित गरेको हो। 

लगातार तेस्रो खेलमा हार भोगेको श्रीलंका समूह चरणबाटै बाहिरिएको छ। 

समूह चरणको अन्तिम खेलमा श्रीलंकाले माल्दिभ्ससँग खेल्ने तालिका छ। श्रीलंका पहिलो खेलमा बंगलादेशसँग १–० ले तथा दोस्रो खेलमा नेपालसँग ३–० ले पराजित भएको थियो।  

पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलमा भारतले सबै गोल दोस्रो हाफमा गर्यो। 

जितसँगै भारत अंक तालिकाको तेस्रो स्थानमा छ। ६ अंक भएको नेपाल शीर्ष स्थानमा छ। 

समान अंक भएको बंगलादेश दोस्रो स्थानमा छ। समान अंक भएपनि गोलअन्तरमा नेपाल शीर्ष स्थानमा रहेको हो। 

पहिलो खेलमा घरेलु टोली भारत बंगलादेशसँग २–१ ले पराजित भएको थियो। 

भारतले आफ्नो तेस्रो खेलमा नेपालसँग खेल्नेछ। नेपाल र भारत ३१ तारिखमा भिड्दैछन्। 

फाइनलमा स्थान बनाउन नेपाललाई भारतलाई पराजित वा बराबरीमा रोक्न जरुरी छ।  

भारतलाई पराजित गरे नेपाल एक खेलअगावै फाइनलमा स्थान सुरक्षित गर्नेछ। समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .