बंगलादेशको यू–२३ टोलीसँग नेपालको राष्ट्रिय टोली ४४ रनले पराजित भएको हो।
शनिबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुरुवाती व्याटिङ गरेको बंगलादेशको टोलीले पुरा २० ओभर खेल्दा ६ विकेटको क्षतिमा १ सय ५५ रन बनाएको थियो।
१ सय ५६ रनको लक्ष्य पछ्याएको नेपालले जवाफी व्याटिङमा ९ विकेटको क्षतिमा मात्र १ सय ११ रन बनाउन सक्यो।
बंगलादेशको जितमा कप्तान नाजमुल होसेन सान्तोले सर्वाधिक ७५ रन जोड्दा अफिफ होसेनले ५२ रन बनाए।
बंगलादेशी खेलाडी सुमोन खान, तानभिर इस्लाम, सोम्या सरकार, महेदी हसनले नेपालको समान २–२ विकेट हात पारे।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ४३, दिपेन्द्र सिंह ऐरीले १६ तथा अभिनाश बोहराले १३ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन्।
यस खेलसँगै नेपालको स्वर्ण जित्ने आशा समाप्त भएको छ।
नेपालले शनिबार अन्तिम खेलमा अंक जोड्न नसकेपछि स्वर्णको सम्भावना गुमाएका हो।
आजको खेलसँगै श्रीलंका र बंगलादेशी टोली एक खेल अगावै फाइनलमा प्रवेश गरेका छन्।
अब नेपालले कास्य पदकको लागि माल्दिभ्ससंग खेल्ने छ ।

प्रतिक्रिया