ad ad

खेल


राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदुले दिए राजीनामा

राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदुले दिए राजीनामा

नेपालखबर
साउन ४, २०७९ बुधबार १५:१९, काठमाडौँ

राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले पदबाट राजीनामा दिएका छन्।  

पछिल्ला खेलमा नेपालले लगातार हार व्यहोरेपछि दासानायकेले बुधबार पत्रकार सम्मेलन गर्दै राजीनामा घोषणा गरेका हुन्।

उनी ०७८ मंसिर २५ मा प्रशिक्षक नियुक्त भएका थिए। नेपाली क्रिकेट टिमको प्रशिक्षण सम्हाल्न उनी नियुक्तिको एक महिनापछि नेपाल आएका थिए। 

पुबुदुले दोस्रो कार्यकाल सम्हालेपछि नेपालले खेलका कुल १४ वटा एक दिवसीय खेलमा ९ वटामा हार, ४ मा जित र १ खेल टाइ भएको थियो। 

यसअघिका डेभिड ह्वाटमोरले पद छाडेपछि पुबुदुलाई नेपाली टोलीको प्रशिक्षक बनाइएको थियो। 

यसअघि सन् २०११ मा प्रशिक्षक नियुक्त भएका थिए। दुई वर्ष प्रशिक्षक नेपाली राष्ट्रिय टोली सम्हालेका उनले सन् २०१५ मा राजीनामा दिएका थिए।

क्यान निलम्बनमा परेपछि पनि उनले नेपाल राष्ट्रिय टोलीलाई हेरेका थिए। सन् २०१७ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अनुरोधमा नेपाली टोलीको कन्सल्ट्यान्ट प्रशिक्षक भएर काम गरेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .