ad ad

खेल


विश्वकप लिग २ क्रिकेट : स्कटल्याण्डमाथि नेपालको सानदार जित

विश्वकप लिग २ क्रिकेट :  स्कटल्याण्डमाथि नेपालको सानदार जित

नेपालखबर
असार २९, २०७९ बुधबार २२:४७, काठमाडौँ

आइसीसी विश्वकप लिग २ अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोली स्कटल्याण्डविरुद्ध सानदार जित दर्ता गरेको छ।

लगातार खराव प्रदर्शन गर्दै आएको नेपालले बुधबार भने फिल्डिङ र ब्याटिङ दुवै सुधार गरेको हो।

नेपालले स्कटल्याण्डलाई २५ ओभर बाँकी हुँदै ५ विकेटले पराजित गरेको हो। जितका लागि पाएको १ सय ४५ रनको सामान्य लक्ष्य नेपालले २५ दशमलव १ बलमा ५ विकेट गुमाएर पूरा गर्यो।

नेपालको जितमा दुवै ओपनरले उत्कृष्ट प्रदर्शन गर्दा आसिफ शेखले सानदार अर्धसतक पूरा गरे। आसिफले ६२ बलमा १० चौका र १ छक्का प्रहार गर्दै ७१ रन जोडे।

अर्का ओपनर कुशल भुर्तेल ४ चौकासहित २८ बलमा २७ रन बनाएर आउट भए। भुर्तेलपछि आएका देव खनाल टिक्न नसके पनि रोहित पौडेलले आशिफलाई दर्बिलो साथ दिँदै नटआउट रहे।

१६ बल खेलेका देव खनान ४ रनमै क्याच आउट हुँदा ३१ बलमा ५ चौकासहित रोहित ३४ रनमा नटआउट रहे। दिपेन्द्र सिंह ऐरी ३ रन र आरिफ शेख १ रनमै आउट भए।

८ ओभर बलिङ गरेका स्कटल्याण्डका गाभिन मेनले ४६ रन खर्चेर ३ विकेट लिँदा आद्रिन नेइल र रिचाइ ब्रिङटनले १÷१ विकेट हात पारे।

त्यसअघि ग्लासगोमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि घरेलु टोली ४२.५ ओभरमा १ सय ४४ रनमा अलआउट भएको थियो।

स्कटल्याण्डलाई सस्तैमा समेट्न सोमपाल कामी र मोहम्मद आदिल आलमले समान ३ विकेट लिए। सन्दीप लामिछानेले २ विकेट लिँदा करण केसी र दिपेन्द्र सिंह ऐरीको नाममा समान एक विकेट रह्यो।

सुरुबाटै धरापमा परेको स्कटल्याण्डलाई गाभिन मेन र हम्जा तानिरले अन्तिम विकेटका लागि ४९ रनको साझेदारी गरेका थिए। २९ ओभरमा ९५ रन जोड्दा स्कटल्याण्डले ९ विकेट गुमाइसकेको थियो।

गाभिन मेन क्रिजमा जम्दा नेपालले अन्तिम ओभरका लागि निक्कै मेहनत गर्नु पर्यो। गाभिन मेन ६४ रनमा नटआउट रहे। ५९ बलको सामना गरेका मेनले ७ चौका र १ छक्का प्रहार गरेका थिए।


मार्क वाटले १७, सफ्यान सरिफले १६, कालुम म्याक्लियोडले १३ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

यसअघि नेपाल पहिलो खेलमा पराजित भएको थियो। नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो।

स्कटल्याण्डले भने पहिलो खेलमा नामिबियामाथि ७७ रनको जित हात पारेको थियो। जितपछि नेपाल अंक तालिकामा  नामिबियालाई पछि पार्दै पाँचौं स्थानमा उक्लिएको छ। स्कटल्याण्ड भने दोश्रो स्थानमा यथावत छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .