ad ad

खेल


सागमा नेपालले जित्यो हालसम्मकै सर्वाधिक स्वर्ण (सूचीसहित)

सागमा नेपालले जित्यो हालसम्मकै सर्वाधिक स्वर्ण (सूचीसहित)

नेपालखबर
मंसिर १९, २०७६ बिहिबार ९:३४,

जारी १३औं दक्षिण एसियाली खेलकुद(साग)मा नेपालले इतिहासकै सर्वाधिक स्वर्ण जितेको छ। 

बिहीबार साइक्लिङमा  बुद्धिबहादुर तामाङले स्वर्ण जितेसँगै नेपालले यस सागमा स्वर्णको संख्या ३२ पुर्‍याएको हो। 

यसअघि नेपालले सन् १९९९ को आठौं सागमा ३१ स्वर्ण जितेको थियो। त्यसपछिका सागका ४ संस्करण वितेपनि नेपालको प्रदर्शन भने खस्कदो थियो।

यो पनि: थोत्रो म्याटको तयारीले स्वर्ण

यो पनि: गौरिकाले दिलाएको बहुप्रतीक्षित स्वर्ण  

तर, घरेलु मैदानमा २० वर्षपछि फर्किएको सागमा नेपालले हालसम्मकै ठूलो उपलब्धि हासिल गरेको हो।

साइक्लिङकै लक्ष्मी मगरले बिहीबार नै स्वर्ण जित्दै आठौं सागमा जितेको स्वर्ण संख्यामा बराबरी गरेकी थिइन्।

सन् २०१९ (जारी)

१.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ     (सम्बन्धित समाचार: गुरुको स्वर्ण इतिहास दोहोर्‍याउने चेला)

२.कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

३.कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

४.कराते (५५ केजी) – लक्ष्मण तामाङ

५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ

६.कराते (४५ केजी मुनी)– कुसुम खड्का

७.कराते (५० केजी मूनि) अनु अधिकारी    (यो पनि: सावित्रालाई ऐतिहासिक उपलब्धि, बनिन् नेपालकै सर्वाधिक गोलकर्ता )

८.कराते (६७ केजी) नवीन रसाइली

९.कराते (६८ केजी)– सुनिता महर्जन

१०.कराते (६८ केजी)– अनुपमा मगर         (सम्बन्धित समाचार: पूर्वलडाकु अनुपमाले सागमा जितिन् स्वर्ण)

११.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

१२.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु

१३.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

१५.तेक्वान्दो पुम्से (२९ वर्ष माथि )( आयशा शाक्य र सञ्जिकुमार पाण्डे

१६.तेक्वान्दो पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना

१७. तेक्वान्दो पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई

१८. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ

१९. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा

२०.ट्रायथलन – सोनी गुरुङ

२१.डुवाथोलन – हिमाल टमाटा

२२. उसु (थाउलो) – विजय सिन्जाली     (सम्बन्धित समाचार: थोत्रो म्याटको तयारीले स्वर्ण)

२३. उसु (थाउलो) – सुस्मिता तामाङ

२४. उसु (थाउलो)– दीपक हमाल

२५.एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ

२६. साइक्लिङ (डाउनहिल) – राजेश मगर

२७. साइक्लिङ (डाउनहिल) – निश्मा श्रेष्ठ

२८. तेक्वान्दो (गेरोगी स्पर्धा) – संगीता बस्याल

२९. तेक्वान्दो (८७ केजी ) – सक्षम कार्की      (सम्बन्धित समाचार: सक्षमको जितसँगै सागमा नेपालको सय स्वर्ण)

३०. उसु (थाउलो नान्दौ) – निमा घर्ती मगर

३१. साइक्लिङ- लक्ष्मी मगर

३२. साइक्लिङः बुद्धिबहादुर तामाङ

३३. गौरिका सिंह: पौडी 

३४. तेक्वान्दो (८७ केजी) – भुपेन श्रेष्ठ

३५. भारोत्तोलन (५९ केजी) – सन्जु चौधरी

३६.उसु (५६ केजी) – जुनी राई

यसअघि आठौं सागमा नेपालले जितेका स्वर्णहरु

१. प्रकाश थापागमर, बक्सिङ
२. रामचन्द्र थापामगर, बक्सिङ
३. रवि महर्जन, कराँते
४. दीपक श्रेष्ठ,कराँते
५. धोजमान मोक्तान, कराँते
६. सुरेन्द्रलाल श्रेष्ठ, कराँते
७. राजेश श्रेष्ठ, कराँते
८. कृष्ण गुरुङ, कराँते
९. प्रिति डंगोल, कराँते
१०. टिम काता, कराँते
११. गंगाराम महर्जन (सिंगल काता), कराँते
१२. निता राई, कराँते
१३. निमा पाठक, कराँते
१४. जुनु राई, कराँते
१५. विनिता चौधरी, कराँते
१६. टिम काता ९महिला०, कराँते
१७. रुना प्रधान, नयना शाक्या, रुविना प्रधान, स्तुति सिंह, पौडी
१८. संगिना बैद्य, तेक्वान्दो
१९. रेनुका रानामगर, तेक्वान्दो
२०. सविता राजभण्डारी, तेक्वान्दो
२१. प्रमिला थापा, तेक्वान्दो
२२. बन्दना श्रेष्ठ, तेक्वान्दो
२३. रितु जिमी राई, तेक्वान्दो
२४. किशोर श्रेष्ठ, तेक्वान्दो
२५. अशोककुमार लामा, तेक्वान्दो
२६. कोशिस खड्का, तेक्वान्दो
२७. दीपक विष्ट, तेक्वान्दो
२८. रवि उज्वज थपलिया, तेक्वान्दो
२९. कमल क्षेत्री, तेक्वान्दो
३०. राजकुमार राई, तेक्वान्दो
३१. सीता राई, तेक्वान्दो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .