ad ad

खेल


‘समर टेनिस टुर्नामेन्ट’को उपाधि वारोक राई र डबल्सतर्फ मगेन्द्र राईको जोडीले जिते

‘समर टेनिस टुर्नामेन्ट’को उपाधि वारोक राई र डबल्सतर्फ मगेन्द्र राईको जोडीले जिते

विजेताका तस्बिर : मगेन्द्र राई/नेपालखबर


नेपालखबर
असार २८, २०७९ मंगलबार ७:३९, बेलायत

बेलायतमा नेपालीद्वारा सञ्चालित गोर्खा नेप्लिज टेनिस क्लबले आयोजना गरेको एक दिवसीय ‘समर टेनिस टुर्नामेन्ट’को उपाधि वारोक राईले हात पारेका छन् भने मिन्स डबल्सतर्फको उपाधि मगेन्द्र राई र राजन फुयाँलको जोडीले बाजी मारेका छन्। 

शनिबार कोल्चेस्टरस्थित लेक्सडेन हिल लन टेनिस क्लबको ग्रास कोर्टमा सम्पन्न प्रतियोगितामा प्रमुख उपाधिका निम्ति मिन्स सिङ्गल्स डिभिजन ए तर्फको सनसनीपूर्ण फाइनल खेलमा शीर्ष वरीयताका वारोक राईले दोस्रो वरीयताका तारामान गुरुङलाई ४–५, ४–२, ४–० को अन्तरमा हराउँदै उपाधि चुमेका हुन्। फाइनल खेल फास्ट फोर फर्म्याटमा खेलाइएको थियो।

पहिलो सेट तारामानको राम्रो रिटर्न र कन्सिस्टेन्ट बेसलाइन ग्राउन्ड स्ट्रोकले वारोकलाई निराश बनायो। फलतः उनले  ४–५ को झिनो अन्तरले सेट गुमाए। दोस्रो सेटमा कमब्याक गरी ४–२ को सेट लिएपछि वारोक लयमा फर्किए। अन्तिम सेट एकतर्फी ४–० ले हराउँदै च्याम्पियन बने।

त्यसैगरी मिन्स डबल्स डिभिजन एतर्फ मगेन्द्र राई र राजन फुँयालको जोडीले खुम थापा र एडलिन राईको जोजीलाई १–४, ४–२, १०–८ को अन्तरले पाखा लगाई च्याम्पियन बने।

पहिलो सेट गुमाएका राई र फुँयालको जोडीले दोस्रो सेट र तेस्रो सुपर टाई सेट आफ्नो पक्षमा पारी जित हासिल गरेका थिए। राई नेपालखबर हङकङ/युकेका समाचार संयोजकसमेत हुन्। 

त्यसैगरी प्रतियोगिताको अन्य समूहबीच भएको फाइनल खेलमा  मिन्स सिङ्ग्ल्स डिभिजन बीतर्फ आलेक्सले नमराज गुरुङलाई हराए भने डिभिजन सीका नेल पुनले पेन्डु राईलाई जिते। यसैगरी डिभिजन डीतर्फ सहवीर गुरुङले बालकृष्ण राईलाई हराए। 

त्यसैगरी मिन्स डबल्स डिभिजन बीतर्फ मोती घले र अस्मिन पुनको जोडीले हिमान्सु ज्ञावली र काजिमान पुनको जोडीलाई हराए। 

प्रतियोगितामा ३६ जनाभन्दा बढी  नेपाली टेनिस खेलाडीको सहभागिता  थियो। प्रतियोगिताको प्रमुख प्रायोजक मेजर सरोज राई परिवारले गरेको थियो।

होस्ट लेक्सडेन हिल क्लबका अध्यक्ष कोलेन बेनिटले विजेताहरूलाई बधाई तथा सहभागीहरूलाई धन्यवाद दिए। 

प्रतियोगिताको विजेता र उप विजेताहरूलाई क्लबका अध्यक्ष हर्कबहादुर गुरुङ र लेक्सडेन अध्यक्ष कोलेन बेनिटले संयुक्त रूपमा  ट्रफी प्रदान गरे भने पुरस्कार वितरण समारोह क्लबका सचिव  क्याप्टेन मोहन गुरुङले सञ्चालन गरेका थिए। 

सन् २०१७ मा आधिकारिक रूपमा स्थापना भएको क्लबले विन्टर, स्प्रिङ, समर र औटम गरी वर्षमा ४ वटा ठूला प्रतियोगिता सञ्चालन गर्ने गरेको छ। औटम प्रतियोगिता आगामी सेप्टेम्बरमा अल्डरसटको आर्मी टेनिस सेन्टरमा आयोजना गरिने क्लबले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .