ad ad

खेल


महिला युरोपेली च्याम्पियन्सिप : नर्वेलाई फराकिलो अन्तरले हराउँदै इंग्ल्याण्ड क्वार्टरफाइनलमा

महिला युरोपेली च्याम्पियन्सिप : नर्वेलाई फराकिलो अन्तरले हराउँदै इंग्ल्याण्ड क्वार्टरफाइनलमा

नेपालखबर
असार २८, २०७९ मंगलबार ७:५, काठमाडौँ

महिला युरोपेली च्याम्पियन्सिपअन्तर्गत सोमबार राति भएको खेलमा इंग्ल्याण्डले नर्वेमाथि ८–० गोलको फराकिलो जित हात पारेको छ।

समूह ए अन्तर्गतको खेलमा इंग्ल्याण्डले महत्वपूर्ण जित दर्ता गरेको हो। यससँगै इंग्ल्याण्ड  क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

सोमबार भएको अर्को खेलमा अष्ट्रियाले नर्दन आयरल्याण्डमाथि २–० गोलको जित दर्ता गर्‍यो।

यससँगै समूह एमा इंग्ल्याण्डले २ खेलबाट ६ अंक जोडेको छ भने अष्ट्रियाले समान खेलबाट ३ अंक हात पारेको छ।

नर्वेको पनि समान ३ अंक छ। नर्दन आयरल्याण्ड भने अंकविहीन छ। 

चार समूहबाट २/२ टोली क्वार्टरफाइनलमा पुग्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .