ad ad

खेल


नेपाल नामिबियासँग पराजित

नेपाल नामिबियासँग पराजित

फाइल तस्बिर


नेपालखबर
असार २८, २०७९ मंगलबार ६:३३, काठमाडौँ

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार भएको खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको छ।

नामिबियाले दिएको २२१ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभर ५ बलमा १८० रनमा समेटिएको हो। नेपालका लागि आरिफ शेखले अविजित ५० रन बनाए पनि टोलीको हार भने टार्न सकेनन्।

देव खनालले ३४ रन बनाउँदा कुशल भुर्तेलले २७ रनको पाली खेले। त्यस्तै करण केसी १९, आसिफ शेख १४, सोमपाल कामी र आदिल अन्सारीले समान १०÷१० रन बनाए। अन्य ब्याटरले दोहोरो संख्यामा रन बनाउन सकेनन्। 

नामिबियाका डेभिड विसे, बर्नान्ड स्कोल्ट्ज र जान फ्रिलिन्कले समान २/२ विकेट हात पारे। 

यसअघि टस जितेर ब्याटिङ गरेको नामिबियाले ४७ ओभर ३ बल खेल्दै २२० रनको योगफल तयार पारेको थियो।

नामिबियाका लागि वान निकोल लोफ्टी एटोनले सर्वाधिक ६० रनको पाली खेलेका थिए भने डिभान ला ककले ४१ रन बनाएका थिए। 

नेपालका लागि कप्तान सन्दीप लामिछानेले ४ तथा सोमपाल कामीले २ विकेट लिएका थिए। 

नेपाललले बुधबार स्कटल्यान्डसँग खेल्दै छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .