ad ad

खेल


नामिवियाले दियो नेपाललाई २२१ रनको लक्ष्य

नामिवियाले दियो नेपाललाई २२१ रनको लक्ष्य

नेपालखबर
असार २७, २०७९ सोमबार १९:४१, काठमाडौँ

आईसीसी वर्ल्डकप डिभिजन २ अन्तर्गतको खेलमा नेपाललाई नामिवियाले २ सय २१ रनको लक्ष्य दिएको छ।

सोमबार टस जितेर व्याटिङ रोजेको नामिवियाले ४७ ओभर तीन बलमा अलआउट हुँदै २ सय २० रन बनायो।

नामिवियाका लागि जान निकोल लोफ्टी इटोनले ६० रन बनाए।

यस्तै, डिभान ली ककले ४०, जरहार्ड इरासमसले २२, जेजेस्मिथले १७, डेभिड वेइजले १८ रन जोडे।

नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए।

पुरै दश ओभर बलिङ गरेका उनले ५४ रन दिएर ४ विकेट लिएका हुन्।

यसैगरी सोमपाल कामीले २ तथा करण केसी, बसिर अहमद, दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिए।

नामिवियासँग बासिर अहमदको डेब्यु खेल हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .