ad ad

खेल


पलेसा र प्रिन्ससहित १३ खेलाडी सम्मानित

पलेसा र प्रिन्ससहित १३ खेलाडी सम्मानित

नेपालखबर
असार २७, २०७९ सोमबार १६:५८, काठमाडौँ

पारा तेक्वान्दोकी पलेशा महर्जन र ब्याडमिन्टनका प्रिन्स दाहालसहित १३ खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नगद पुरस्कारबाट सम्मानित गरेको छ।  

राखेपले सोमबार राष्ट्रपति महिला खेलकुद सहभागिता अभिवृद्धि तथा खेलाडी प्रोत्साहन पुरस्कार वितरण कार्यक्रममा विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने १३ खेलाडीलाई सम्मान गरेको हो।  

राखेपले एशियन युथ पारा तेक्वान्दो टोकियोमा सहभागी भएर स्वर्ण जितेकी पलेशा महर्जन ब्याडमिन्टनको विश्व वरियताको शीर्ष स्थानमा पुगेका प्रिन्स दाहाललाई जनही १ लाख ५० हजार रुपैयाँले सम्मानित गरेको हो। 

यस्तै एशियन युथ च्याम्पियनसिपमा काश्य पदक विजेता बक्सिङकी नारिका राई, एशियन जुनिएर च्याम्पियनसिपमा काश्य विजेता बक्सिङकी स्वस्तिका तिरुवा र छिरिङ शेर्पा तथा वर्ल्ड प्रेसिन्डेट कप च्याम्पियशिपमा रजत विजेता पारा तेक्वान्दोकी सृजना घिसिङलाई जनही १ लाख रुपैयाँले सम्मान गरेको छ। 

साउथ एशियन क्रस कन्ट्री दौडमा रजत पदक विजेता एथलेटिक्सकी राजपुरा पछाई, बंगलादेश ढाका म्याराथनकी रजत विजेता पुष्पा भण्डारी, साउथ एशियन सेन्टल जोनमा रजत पदक विजेता भलिबलकी कप्तान अरुणा शाही, पोखरामा भएको नवौँ साउथ एशियन च्याम्पियनसिपमा कास्य पदक जित्ने ट्रायथलनकी सोनी गुरुङ र बसन्त थारु जनही ५० हजार रुपैयाँ सम्मानित भए।

यस्तै एशियन गेम्स छनोटमा कास्य जित्ने पारा तेक्वान्दोकी रजनी धामी र युथ एशियन गेम्स् छनोटमा काश्य विजेता पारा तेक्वान्दोकै विशाल गर्वुजालाई राखेपले नगद ५० हजार रुपैयाँले सम्मानित गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .