ad ad

खेल


इंग्ल्याण्डविरुद्धको टी–२० सिरिजमा भारतको कब्जा

इंग्ल्याण्डविरुद्धको टी–२० सिरिजमा भारतको कब्जा

नेपालखबर
असार २६, २०७९ आइतबार ६:४४, काठमाडौँ

इंग्ल्याण्डविरुद्धको टी–२० सिरिजमा कब्जा जमाएको छ।

शनिबार राति भएको खेलमा भारत ४९ रनले विजयी भएसँगै तीन खेलको सिरिजमा भारतले कब्जा जमाएको हो। पहिलो ५० रनले विजयी भएको भारत दोस्रो खेलमा पनि ४९ रनले विजयी भएको हो। 

शनिबार भएको खेलमा पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७० रन बनाएको थियो।

भारतका लागि रवीन्द्र जडेजाले सर्वाधिक अविजित ४६ रनको पाली खेले। इंग्ल्याण्डका क्रिस जोर्डनले ४ विकेट तथा रिचार्ड ग्लीसनले ३ विकेट हात पारे। 

जवाफी ब्याटिङमा उत्रिएको इंग्ल्याण्ड १७ ओभरमा केवल १२१ रनमा समेटियो।

इंग्ल्याण्डलाई सस्तैमा समेट्ने क्रममा भारतका भुवनेश्वर कुमारले तीन, जसप्रित बुमराह र यजुवेन्द्र चहलले समान २/२ विकेट लिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .