ad ad

खेल


क्रिकेटलाई छोएन श्रीलंकाको उथलपुथलले, अस्ट्रेलियासँगको टेस्ट जारी

क्रिकेटलाई छोएन श्रीलंकाको उथलपुथलले, अस्ट्रेलियासँगको टेस्ट जारी

नेपालखबर
असार २५, २०७९ शनिबार २०:३२, काठमाडौँ

श्रीलंकाको राजनीति र जनजीवन अस्तव्यवस्त बनिरहँदा अन्तर्राष्ट्रिय क्रिकेट भने जारी छ। हाल अस्ट्रेलियाली क्रिकेट टोली श्रीलंका भ्रमणमा छ। 

राजधानी कोलम्बोमा राष्ट्रपति र प्रधानमन्त्रीको सरकारी निवासमा प्रदर्शनकारी प्रवेश गरेका छन्। तर, कोलम्बोबाट १४० किलोमिटर टाढा गाले सहरको रंगशालामा टेस्ट क्रिकेटको दोस्रो दिनको खेलले पनि निरन्तरता पायो।

पहिलो पारीमा अस्ट्रेलियाले ३६४ रन बनाएको छ। जवाफमा दुई विकेट गुमाएर श्रीलंका १८४ रनमा खेलिरहेको छ।

पाकिस्तानको क्रिकेट टोली पनि आगामी सिरिज खेल्न श्रीलंका पुगेको छ।

श्रीलंकाली क्रिकेट अधिकारीहरुले खेल तालिकामा कुनै परिवर्तन नहुने बताएका छन्। राजनीतिक भद्रगोलले खेललाई नछुने उनीहरुको भनाइ छ।

‘अस्ट्रेलियासँगको टेस्ट खेल समाप्त हुँदैछ। पाकिस्तानसँगको सिरिज सुरु गर्न हामी तयार छौँ,’ बोर्डका एक सदस्यले भने, ‘खेल आयोजनाको विरोध भएको छैन। वास्तवमा प्रशंसकहरुको समर्थन छ र तालिका बदल्नुपर्ने कुनै कारण छैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .