ad ad

खेल


अर्जेन्टिनी युवा फरवार्ड अल्भारेज म्यानचेस्टर सिटीमा अनुबन्ध

अर्जेन्टिनी युवा फरवार्ड अल्भारेज म्यानचेस्टर सिटीमा अनुबन्ध

नेपालखबर
असार २४, २०७९ शुक्रबार १५:४२, काठमाडौँ

अर्जेन्टिनी युवा फरवार्ड जुलियन अल्भारेज सन् २०२२–२३ को सिजनका लागि म्यानचेस्टर सिटी पुगेका छन्। 

इङ्ग्लिस च्याम्पियन सिटीसँग साढे ५ वर्षको सम्झौता गरेका २२ वर्षिय अल्भारेजलाई क्लबले औपचारिक रुपमा आफ्नो खेलाडी भएको घोषणा गरेको छ। 

क्लबले उनलाई आइतबार सार्वजनिक गर्ने कार्यक्रम राखेको छ। प्री–सिजनको प्रशिक्षण अघि सिटीले अल्भारेजसँगै एर्लिङ हालान्ड, काल्विन फिलिप्स र स्टेफन ओर्टेगा मारेनोलाई आइतबार एक कार्यक्रम गर्दै समर्थकसँग परिचय गराउने तयारी गरेको छ। 

त्यहीबाट क्लबको प्री–सिजनका लागि प्रशिक्षण सुरु हुनेछ। 

म्यानचेस्टर पुगेसँगै अल्भारेजले भने, 'म एकदमै खुसी छु। सिटीका लागि खेल्न तयार छु। यसमा कुनै शंका छैन सिटी विश्व फुटबलको ठूलो क्लब हो। म विश्वस्त छु सिटीमा आएर अझै राम्रो गर्नेछु।' 

पूर्व क्लब एथलेटिको रिभर प्लेटप्रति पनि आफू कृतज्ञ रहेको अल्भारेजले सुनाए। 'म सबै समर्थक, स्टाफ र खेलाडी प्रति कृतज्ञ छु', उनले भने, 'तर अब मेरो सबै ध्यान सिटीका लागि हुनेछ। म मेरो क्लबका लागि आफ्नो वेष्ट दिनेछु। जसले गर्दा सिटीको सफलतामा मेरो टोलीलाई सहयोग गर्नसकुँ।' 

युवा फरवर्ड अल्भारेजले रिभरप्लेटबाट १२० खेलमा ५३ गोल र ३१ असिस्ट प्रदान गरेका छन्। उनले अर्जेन्टिनाका लागि ९ क्याप जितेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .