ad ad

खेल


महिला साफ च्याम्पियनसिप नेपालमा हुने

महिला साफ च्याम्पियनसिप नेपालमा हुने

नेपालखबर
असार १९, २०७९ आइतबार ६:३६, काठमाडौँ

आगामी भदौ १३ देखि २५ सम्म हुने महिला साफ च्याम्पियनसिप नेपालले आयोजना गर्ने भएको छ। नेपालले महिला साफ आयोजनाको लागि गरेको प्रस्ताव दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले स्वीकार गरेको हो। 

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईको नेतृत्वमा रहेको नेपाली टोलीले साफ च्याम्पियनसिप काठमाडौंमा आयोजना गर्न प्रस्ताव गरेको थियो।

नेपाली टोलीले शुक्रबार बंगलादेशको ढाकामा साफका महासचिव अनवरुल हक हेलालसँग पनि भेट गरेको थियो।

यो प्रस्तावलाई साफ अर्डिनरी कंग्रेस २०२२ अघिको साफको कार्यकारी समितिको बैठकले अनुमोदन गरेको थियो।

साफ अर्डिनरी कंग्रेस २०२२ ढाकामा भएको थियो। यो कंग्रेसले काजी मोहम्मद सलाहुद्दीनलाई साफको अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। उनले २०२६ सम्म कार्यभार सम्हाल्नेछन्।

नेपालले यसअघि विराटनगरमा पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो। जसमा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .