इटालीको क्लब इन्टर मिलानले बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुलाई एक सिजनको लागि लोनमा भित्र्याउने भएको छ।
इन्टर मिलानले लुकालुलाई ८० लख युरोमा क्लबमा भित्र्याउन लागेको हो।
गत वर्ष पाँच वर्षको सम्झौतामा लुकाकु चेल्सी आएका थिए। उनले पछिल्लो सिजनमा चेल्सीका लागि १५ गोल गरेका थिए।
बीबीसीका अनुसार लुकाकुले इन्टर मिलानमा आबद्ध हुन आफ्नो तलब पनि घटाउन राजी भएको बुझिएको छ।
36
Shares
प्रतिक्रिया