ad ad

खेल


एसीसी महिला टी२० च्याम्पियनसिपमा आज हङकङसँग खेल्दै नेपाल

एसीसी महिला टी२० च्याम्पियनसिपमा आज हङकङसँग खेल्दै नेपाल

नेपालखबर
असार ७, २०७९ मंगलबार १०:२३, काठमाडौँ

मलेसियामा जारी एसीसी महिला टि–२० क्रिकेट च्याम्पियनसिप अन्तर्गत नेपालले मंगलबार  हङकङसँग प्रतिस्पर्धा गर्दै छ।

चौथो खेलमा किनरारा ओभलमा नेपालले हङकङको सामना गर्न लागेको हो। नेपाल र हङकङबीचको खेल दिउँसो १२ बजेबाट शुरु हुनेछ।

नेपाल हङकङलाई हराएर लगातार चौथो जित निकालेर समूह विजेता बन्ने दाउमा छ। नेपाल यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ।

समूह बीमा रहेको नेपाल ३ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा छ। हङकङ २ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।

यसअघि नेपालले भुटानलाई ५०, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले पराजित गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .