ad ad

खेल


ओलम्पिक डेका अवसरमा ओलम्पियन पुनर्मिलन गरिने

ओलम्पिक डेका अवसरमा ओलम्पियन पुनर्मिलन गरिने

नेपालखबर
असार ३, २०७९ शुक्रबार १५:४५, काठमाडौँ

ओलम्पिक डेका अवसरमा नेपाल ओलम्पियन संघले ओलम्पियन पुनर्मिलन कार्यक्रम गर्ने भएको छ। 

संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंगलबार ओलम्पियनहरुको भेला गराई पुनर्मिलन गर्ने जनाएको हो। कार्यक्रममा अग्रजलाई सम्मान गर्ने र दिगंवत ओलम्पियनहरुलाई विशेष सम्झना गर्ने संघका अध्यक्ष दिपक विष्टले जानकारी दिए। 

नेपालले १९६४ मा टोकियो ओलम्पिकबाट खेल्न थालेको थियो। संघले १९६४ बाट २०२० सम्मका ओलम्पियनहरुको भेट गराउनका लागि कार्यक्रम आयोजना गर्न लागेको हो। 

आफ्नो कार्य व्यस्तताका कारण सबै सधैँ एकै ठाउँमा भेला हुन नसक्ने अवस्था रहेकोले भातृत्व र आत्मियता साटासाट गर्न पुनर्मिलनको आयोजना गर्न लागिएको अध्यक्ष विष्टले बताए। जो भौतिक रुपमा छन् उनीहरुलाई भेट गराउने र विदेशमा रहेका ओलम्पियन खेलाडीलाई पनि नजिक महसुस गराउन प्रत्यक्ष प्रसारण गर्ने योजना रहेको सुनाए। 

संघले ओलम्पिक डे को अवसरमा अन्य कार्यक्रम पनि आयोजना गरेको छ।

संघले आइतबार ओलम्पियन संघ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघबीच टेबल टेनिस, सोमबार ओलम्पियन संघ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र नेपाल खेलकुद पत्रकार मञ्चबीच मैत्रीपूर्ण फुटबल, बुधबार स्कुल टु ओलम्पिक कार्यक्रम अन्तरगत विभिन्न स्कुलका विद्यार्थी र ओलम्पियनबीच अन्तरकृया कार्यक्रम र बिहीबार ओलम्पिक डे मनाउन कार्यक्रम रहेको संघले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .