ad ad

खेल


नेपाल अमेरिकासँग ३९ रनले पराजित

नेपाल अमेरिकासँग ३९ रनले पराजित

नेपालखबर
असार २, २०७९ बिहिबार ६:४६, काठमाडौँ

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत बुधबार राति भएको खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको छ।

टेक्सासस्थित पर्लल्याण्डमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २४५ रन बनाएको थियो।

अमेरिकाका लागि सुशान्त मोदानीले ५४ र  गाजानन्द सिंहले ५८ रनको पाली खेलेका थिए। आरोन जोन्स ४३ रन बनाएर आउट भए। नेपालका लागि करण केसीले ३ र सन्दीप लामिछानेले २ विकेट लिएका थिए। सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान १/१ विकेट लिए। 

जवाफी ब्याटिङमा उत्रिएको नेपालको लागि भने सुरुवात राम्रो रहन सकेन।

व्यक्तिगत १० रनमा कुशल भुर्तेल आउट हुँदा अर्का ओपनर आसिफ शेखले १८ रन बनाए।

त्यस्तै रोहित पौडेल १६ रन बनाएर आउट हुँदा देव खनाल व्यक्तिगत ३४ रन बनाउँदा रन आउट हुन पुगे।

दीपेन्द्रसिंह ऐरी पनि ७ रन बनाएर पवेलियन फर्किए। त्यतिबेलासम्म नेपाल ५ विकेट गुमाएर ९३ रनको अवस्थामा पुगेको थियो।

त्यसपछि आरिफ र सोमपालले १०६ रनको शतकीय साझेदारी गरेका थिए। आरिफले व्यक्तिगत ६३ रन बनाए भने सोमपाल ४७ रनमा रन आउट भए। यद्यपि उनीहरुले टोलीलाई जित दिलाउन भने सकेनन्।

त्यसपछि आएका कुनै पनि ब्याटरले दोहोरो संख्यामा रन बनाउन सकेनन् र नेपालले अमेरिकालाई नतिजा सुम्पियो। 

यससँगै लिगमा १६ खेल खेलेको नेपाल १५ अंकसहित पाँचौं स्थानमा यथावत छ। अमेरिकाले २४ खेलबाट २३ अंक जोडेको छ। 

लिगअन्तर्गत आगामी जुलाईमा नेपालले नामिबिया र स्कटल्याण्ड सम्मिलित त्रिकोणात्मक सिरिज खेल्नेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .