खेल


महिला क्रिकेटमा नेपालको शानदार सुरुवात, ५ बलमै भेट्टायो लक्ष्य

महिला क्रिकेटमा नेपालको शानदार सुरुवात, ५ बलमै भेट्टायो लक्ष्य

नेपालखबर
मंसिर १६, २०७६ सोमबार ६:३५,

पोखरा रंगशालामा संचालन भइरहेको खेलमा माल्दिभ्सलाई १० विकेटले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो।

माल्दिभ्सले दिएको १६ रनको लक्ष्य नेपालले नेपालले ५ बलमै भेट्टाएको थियो।

नेपालकी काजोल श्रेष्ठले नटआउट १३ रन जोडिन्। त्यसअघि माल्दिभ्सका हाम्जा नाइजले ९ र हाफासा अब्दुलाले ४ बाहेक अरु कुनैपनि खेलाडीले खाता खोल्न सकेनन्। उसका ९ खेलाडी खाता नखोली पवेलियन फर्किएका थिए।

नेपालका अन्जली चन्दले ६ र करुणा भण्डारीले २ विकेट लिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad