समाज


सीता र रामको विवाह सम्पन्न

सीता र रामको विवाह सम्पन्न

शैलेन्द्र महतो
मंसिर १६, २०७६ सोमबार ६:३०,

सप्ताहव्यापी सीताराम विवाहपञ्चमी अन्तर्गत आइबार राति राम र सीताको विवाह सम्पन्न भएको छ।

जानकी मन्दिरमा बनाइएको विवाह मण्डप (मरबा) मा मैथिली परम्परा अनुसार सीता र रामको विवाह भएको हो। साँझदेखि चलेको विवाहको विधि रातभरि चलेको थियो। विवाह अघि आइतबार दिउँसो राम र जानकीको डोलाफेर गरी बाह्रविघा मैदानमा स्वयंवर गरि नगर परिक्रमा गरेको थियो। दुवै डोला जानकी मन्दिर पुगेपछि विवाहको कार्य सुरु भएको थियो।

विवाहपञ्चमीको अन्तिम दिन आज आयोध्याबाट जन्ती आएका साधुसन्तलाई जानकी मन्दिर परिसरमा मिस्टान परिकार भोजन गराएर विदाई गरिनेछ। साधुसन्तलाई जानकी मन्दिर प्रांगणमामा दिउँसो ५६ व्यञ्जन मिस्टान परिकार भोजन गराई, गाली गीतले विदाई गर्ने कार्यक्रम रहेको जान्दिरका सह महन्त रामरोशन दास बैष्णवले जानकारी दिए। यो परम्परालाई ‘रामकलेवा’ भनिन्छ। जन्तीका रुपमा आएका साधुसन्तलाई चादर, कम्बल र दक्षिणा स्वरुप रुपियाँ पैसा दिएर भव्य रुपमा विदाई गर्ने प्रचलन छ।

यस दिनमा राम, सीता ,लक्ष्मण र भरत सत्रुधनको रुपमा बालबालिकालाई सजाएर मिठो भोजन गराउनुको साथै उनीहरुको पनि विदाई गर्ने प्रचलन छ। रामकलेवामा हुने सांस्कृतिक कार्यक्रम हेर्न जानकी मन्दिर परिसरमा भीड लाग्ने गर्दछ।

त्रेता युगमा मर्यादा पुरुषेत्तम भग्वान राम र आदर्श नारी सीता बीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरा सातदिनसम्म रामजानकी विवाहपञ्चमी मोत्सव भव्यताको साथ मनाईन्छ।

मंसिर १० गते शुरु भएको सप्ताहव्यापी रामजानकी विहपञ्चमी महोत्सवको पहिलो दिन नगरदर्शन, दोश्रोदिन फूलवारी लीला, तेश्रो दिन धनुषा यज्ञ, चौथो दिन तिल्कोत्सव, पाँचौदिन मटकोर, छैटौँ दिन विवाहपञ्चमी र सातौं अर्थात अन्तिम दिन रामकलेवा गरी सम्पन्न हुने गर्दछ।

सीता र रामको स्वयंवर र विवाहसम्पन्न भएपछि जनकपुर आएका लाखौँ दर्शनार्थी घर फर्किन थालेका छन्।

यस पटक जन्तीको रुपमा प्रत्येक पाँच वर्षमा भारत उत्तर प्रदेशको अयोध्याबाट आउने भगवान रामको साधुसन्तको जन्ती समेत आएकाले निकै उत्साह थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad