साग अन्तर्गत सिनियर पुरुष व्यक्तिगत काँतामा नेपालका मन्डे श्रेष्ठले रजत पक्का गरेका छन्।
स्वर्णका लागि उनी पाकिस्तानका नैयामातुल्लाहसँग केही बेरमा भिड्दैछन्।
समूहमा मन्डेले २४.० अंक प्राप्त गर्दै फाइनलमा स्थान बनाएका हुन्। यस्तै अर्को समूहमा पाकिस्तानका नैयामातुल्लाहले २३.६८ अंक ल्याउँदै स्वर्णका लागि मन्डेसँगको भिडन्त पक्का गरेका हुन्।
त्यसबाहेक समूहमा श्रीलंकाका साउथरासाले २१.१८, बंगलादेशका मोहम्मद हासिन्कले २२.८ अंक ल्याए। उनीहरु काँस्य पदकका लागि भिड्नेछन।

प्रतिक्रिया