ad ad

खेल


अलमुताइरीको स्वास्थ्य अवस्था सामान्य, भन्छन्- गोर्खाली हुँ

अलमुताइरीको स्वास्थ्य अवस्था सामान्य, भन्छन्- गोर्खाली हुँ

फाइल तस्बिर


नेपालखबर
जेठ २९, २०७९ आइतबार ९:२२, काठमाडौँ

नेपाली राष्टिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको स्वास्थ्य अवस्था सामान्य रहेको छ। 

एएफसी एसियन कप छनोट अन्तर्गत गएराति कुवेतसँगको खेलका क्रममा टेक्निकल एरियामा अचेत भएर ढलेका अलमुताइरीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको एन्फाले बताएको छ। 

अचेत भएर ढलेका अलमुराइरीलाई फारवानिया अस्पताल पुर्‍याइएको थियो। स्वास्थ्य परिक्षण पश्चात सामान्य रहेका अलमुताइरीलाई डिस्चार्ज गरिएको एन्फाले जनाएको छ। 

कमजोरीको कारण उनी मैदानमा ढलेको र अहिले उनको उनको अवस्था सामान्य रहेको टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिए। 

शियन कपकोतेस्रो चरणको छनोट पश्चात थप उपचारका लागि जाने प्रशिक्षक अलमुताइरीले बताएका छन्। उनले कुवेतसँगको हारमा क्षमा मागेका छन्। साथै आफूहरुको रणनीति अनुसार नै नियमित प्रशिक्षणमा फर्कने समेत बताएका छन्। 

सामाजिक सञ्जाल फेसबुकमा अलमुताइरीले आफू गोर्खाली भएको र चिन्ता नलिन समेत आग्रह गरेका छन्। 

एफसी एसियन कप छनोट अन्तर्गतको तेस्रो खेलमा नेपाल कुवेतसँग ४–१ ले पराजित भएको छ। यसअघिको पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित भएको थियो। 

छनोट चरणको अन्तिम खेलमा नेपालले ३१ गते इन्डोनेसियासँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .