समाज


६ दिनअघि घरबाट हिँडेकी रामकली सम्पर्कविहीन

६ दिनअघि घरबाट हिँडेकी रामकली सम्पर्कविहीन

नेपालखबर
जेठ २९, २०७९ आइतबार ९:२२, कञ्चनपुर

कञ्चनपुरको लालझाडी गाउँपालिका–३ पर्सियाकी ३८ वर्षीया रामकली राना छ दिनदेखि सम्पर्कविहीन भएकी छन्। 

उनी फूपू भेट्न बेदकोट नगरपालिकाको दैजी जान्छु भनेर यही जेठ २३ गते घरबाट निस्केकी थिइन्। 

रामकलीलाई उनका भतिजा दिनेश रानाले फूपूलाई भेट्न जाने भनेपछि कलुवापुरसम्म मोटरसाइकलमा पु¥याएका थिए । यसपछि उनी बसमा जाने भनेर मोटरसाइकलबाट ओर्लिएर बस चढेकी थिइन्। परिवारका सदस्यले फूपूकै घरमा पुगेकी होलिन् भनेर चासो दिएनन्।

परिवारजनले फूपूको घरमा रामकली नपुगेको खबर पाएपछि खोजखबर गर्न सुरु गरेका छन्। 

जेठ २६ गते रामकलीले छिमेकी दाजु मनोहर रानाको मोबाइलमा बिहान फोन गरिन् तर बोलिनन् । ‘त्यसपछि लगातार फोन लगायौँ तर, बोलिनन्’, मनोहरले भने, ‘अहिले पनि फोन गरिरहेका छौँ, फोन लागिरहेको छैन, स्वीचअफ छ।’

खोजतलासका लागि इलाका प्रहरी कार्यालय बेलौरीमा आफन्तले निवेदनसमेत दिएका छन् । प्रहरीे र आफन्तले रामकलीको खोजबिन गरिरहेका छन् । हालसम्म पत्ता लाग्न सकेको छैन । रामकलीका श्रीमान् रामसाहेव रानाको गत वर्ष मृत्यु भएको थियो । उका १५ वर्षीय छोरा छन्।

‘रामकली एकाएक कता हराइन्, निकै चिन्तामा छौँ’,  जेठाजु गजेन्द्र रानाले भने, ‘फुपुको घर जाने भनेर गएकी कता हराइन् । अहिलेसम्म सम्पर्क हुनसकेको छैन।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .