ad ad

खेल


एसियन कप छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग पराजित

एसियन कप छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग पराजित

नेपालखबर
जेठ २६, २०७९ बिहिबार ११:२७, काठमाडौँ

एएफसी एसियन कप छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० गोल अन्तरले पराजित भएको छ।

कुवेतस्थित जावेर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा बुधबार राति भएको खेलमा नेपाल पराजित भएको हो। 

प्रशिक्षक र खेलाडीबीच विवाद भएपछि ११ जना सिनियर खेलाडी बिना नै कुवेत पुगेको नेपाली टोलीको कप्तानी नवयुग श्रेष्ठले सम्हालेका थिए 

टोलीका नियमित कप्तान तथा गोलरक्षक किरण चेम्जोङ, उपकप्तान रोहित चन्द, अन्जन विष्ट, विमल घर्तीमगर, सुजल श्रेष्ठ लगायतका अनुभवी खेलाडीलाई टोलीभन्दा बाहिर राखिएको छ।

नेपालले शनिबार घरेलु टोली कुवेतको सामना गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .