ad ad

खेल


यू–१९ महिला टी–२० विश्वकप छनोटमा मलेसियामाथि नेपालको जित

यू–१९ महिला टी–२० विश्वकप छनोटमा मलेसियामाथि नेपालको जित

नेपालखबर
जेठ २६, २०७९ बिहिबार १०:२४, काठमाडौँ

आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटअन्तर्गत बिहीबार भएको अन्तिम खेलमा नेपालले मलेसियालाई २५ रनले पराजित गरेको छ।

मलेसियाको यूकेएम–वाईएसडी क्रिकेट ओभलमा भएको खेलमा पहिला ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८६ रन बनाएको थियो। 

नेपालका लागि अञ्जली विश्वकर्माले ३३ रन बनाइन् भने आश्मा पुलामी मगरले २६ रनको पाली खेलिन्। अन्य कुनै पनि नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

जवाफी ब्याटिङमा उत्रिएको मलेसियाले निर्धारित ओभरमा ४ विकेटको क्षतिमा ६१ रन मात्र बनाउन सक्यो।

मलेसियालाई सस्तैमा रोक्न कृतिका मरासिनीले १ मेडनसहित २ विकेट लिएकी थिइन्। 

नेपालको यू–१९ महिला टी–२० विश्वकपको सपना भने यसअघि नै सकिइसकेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .