ad ad

खेल


साग पुरुष भलिबलः उपाधि दाबेदार भारत फाइनलमा

साग पुरुष भलिबलः उपाधि दाबेदार भारत फाइनलमा

नेपालखबर
मंसिर १५, २०७६ आइतबार ७:२६,

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आइतबार भएको सेमिफाइनलमा श्रीलंकालाई ३–१ को सेटमा पराजित गर्दै भारत स्वर्ण नजिक पुगेको हो।

 फाइनल पुग्ने क्रममा भारतले श्रीलंकालाई २७–२५,२५–१९,२१–२५ र २५–२१ ले पराजित गर्‍यो।

अब भारतले स्वर्णका लागि पाकिस्तान र बंगलादेशबीचको विजेतासँग खेल्नेछ। पाकिस्तान र बंगलादेशबीचको दोस्रो सेमिफाइनल खेल केहीबेरमा शुरु हुदैँछ।

साग पुरुष भलिबलमा नेपाल भने समूह चरणबाटै बाहिरिएको थियो। समूह एमा रहेको नेपाल बंगलादेश र भारतसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .