ad ad

खेल


सागमा नेपालको झण्डा कमलले बोक्ने

सागमा नेपालको झण्डा कमलले बोक्ने

नेपालखबर
मंसिर १४, २०७६ शनिबार १०:३,

नेपाल ओलम्पिक कमिटि एनओसीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उद्घाटनमा नेपालको झन्डा कमलले बोक्ने टुंगो लगाएको हो।

१३ औं सागमा सहभागी जनाउने नेपाली खेलाडी मध्येमा अन्तराष्ट्रिय अनुभव, पदक र ओलम्पिकमा समेत सहभागिता जनाईसकेको कारण कमललाई झण्डा बोक्न दिने निर्णय गरेको एनओसीले जनाएको छ।

यसअघि कमलसँगै राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई झण्डा बोक्न सिफारिस गरिएको थियो।

अधिकारीले ईन्डोनेसियाको जकार्तामा भएको एशियाली खेलकुदमा पनि नेपालको झण्डा बोकेका थिए।

त्यस्तै ब्याडमिन्टनका अम्पायर दीपक थापालाई निर्णायकका तर्फबाट सागमा सपथ गराइने भएको छ। खेलाडीको सपथ भने तेक्वान्दोकी आयशा शाक्यले लिने भएकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .