ad ad

खेल


युवा तथा खेलकुदतर्फ बजेट घट्यो

युवा तथा खेलकुदतर्फ बजेट घट्यो

नेपालखबर
जेठ १५, २०७९ आइतबार १८:१४, काठमाडौँ

सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुदतर्फ बजेट घटेको छ। 

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्दै आर्थिक वर्ष २०७९/८० का युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ४६ करोड रुपैयाँ छुट्टाएको जानकारी दिएका हुन्। 

यसअघि सरकारले चालु आर्थिक वर्ष २०७८–०७९ का मा युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। 

बजेटमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई २ अर्ब ९ करोड विनियोजन गरेको छ। 

खेलकुद पर्यटनको प्रवर्द्धनका लागि सार्वजनिक निजी साझेदारीमा साहसिक तथा पर्वतीय खेलकुदका पुर्वाधार निर्माण र सञ्चालन, जुम्लामा हाई अल्टिच्युट स्पोर्टस् एण्ड ट्रेनिङ सेन्टर सञ्चालन गर्न बजेट विनियोजन, मूलपानी क्रिकेट मैदान आगामी आर्थिक वर्षमा सकिने, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा रात्रीकालिन खेल सञ्चालन गर्न स्तरोन्नती गर्न आवश्यक बजेट विनियोजन गरेको छ।

प्रदेश र स्थानीय तहको सहकार्यमा चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण पुरा गर्ने व्यवस्था गरिएको छ। 

अर्थमन्त्री जनार्दन शर्माले खेल पूर्वाधारतर्फ ८७ करोड विनियोजन गरिएको जानकारी दिएका हुन्। 

खेलकुद विकासको २० वर्षे गुरुयोजना निर्माण गरिने पनि बजेट भाषणमा उल्लेख गरिएको छ।  

फ्रेन्चाइज लिग आयोजना गर्न अनुकुल वातावरण बनाउने, खेल संघलाई दिँदै आएको अनुदान वृद्धी सुविधा वृद्धी, एशियाली र ओलम्पिक खेलकुदमा पदक प्राप्त गर्ने खेलाडीलाई आजीवन मासिक जिवन वृत्तिको व्यवस्था गर्ने प्रबन्ध मिलाइएको छ। 

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक रकम विनियोजन, दशौँ खेलकुदका लागि पूर्वाधार निर्माण गर्ने उल्लेख गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .