ad ad

खेल


आफ्नो कप्तानीमा च्याम्पियन्स लिग उपाधि जितेपछि मार्सेलोले भने– मड्रिडबाट मेरो अन्तिम खेल हो

आफ्नो कप्तानीमा च्याम्पियन्स लिग उपाधि जितेपछि मार्सेलोले भने– मड्रिडबाट मेरो अन्तिम खेल हो

नेपालखबर
जेठ १५, २०७९ आइतबार १४:४३, काठमाडौँ

ब्राजिलियन डिफेन्डर मार्सेलोले रियल मड्रिडबाट यो आफ्नो अन्तिम च्याम्पियन्स लिग भएको घोषणा गरेका छन्। 

गएराति भएको खेलमा लिभरपुललाई १–० ले पराजित गर्दै १४औँ पटक युरोपियन च्याम्पियनको उपाधि उचालेसँगै मार्सेलोले रियलबाट यो आफ्नो अन्तिम खेल भएको बताएका हुन्। 

ब्राजिलियन खेलाडीले कप्तानको रुपमा च्याम्पियन्स लिगको उपाधि उचालेको यो पहिलो पटक हो। उनले भने, ‘यो मेरो लागि सुन्दर पल हो, किनकी कप्तानको रुपमा उपाधि उचाल्न पाउनु एउटा सपना नै हो।’
 

भावुक हुँदै मार्सेलोले थपे, ‘यो मेरो रियलका लागि अन्तिम खेल हो तर म धेरै खुसी छु। यो दुःखी हुने दिन होइन। किनकि मैले यस्तो समयमा छाड्दै छु जहाँ धेरै खुसी छु। समर्थकहरु र बर्नाबेउमा बिताएका जादुयी रातहरुप्रति कृतज्ञ छु।’ 

रियल मड्रिडबाट मार्सेलोले २५ आधिकारिक प्रतियोगिताको उपाधि जितेका छन्। 

उनले १३ स्पेनिस र २४ अन्तर्राष्ट्रिस्तरका प्रतियोगिताका उपाधि जितेका छन्।  

मार्सेलोले रियलबाट ६ स्पेनिस लिग, ३ युरोपियन सुपर लिग र २ डेल रे कपको उपाधि जितेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .