ad ad

खेल


गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण सम्पन्न गर्न सरकारले सहजीकरण गर्ने

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण सम्पन्न गर्न सरकारले सहजीकरण गर्ने

नेपालखबर
जेठ १०, २०७९ मंगलबार १८:८, काठमाडौँ

चितवनमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्णको बाँकी कामलाई टुङ्गोमा पुर्याउन नेपाल सरकारले समन्वय र सहजीकरण गर्ने भएको छ। 

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संघीय संसदमा पेश गर्दै सो कुराको जानकारी दिएकी हुन्। 

यस्तै, नवलपरासीको गैँडाकोटमा विपि कोइराला अन्तर्राष्ट्रिय खेलग्राम स्थापना गर्ने निति तथा कार्यक्रममा समेटिएको छ। फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानको निमार्ण सुरु गर्ने कार्यक्रममा निति तथा कार्यक्रममा उल्लेख छ। 

खेलाडीको प्रतिस्पर्धात्मक क्षमता वृद्धी गर्ने, खेलाडीलाई अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी गराउने लगायतका विषय निति तथा कार्यक्रममा समेटिएको छ। 

आधारभूत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरि खेलाडीको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरिनेछ। 

खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण तथा खेलमा सहभागी हुने अवसर उपलब्ध गराइनेछ। मापदण्ड बनाएर खेलाडीलाई पुरस्कार, भत्ता, बीमा, आकस्मिक सहयोग लगायतका प्रोत्साहनको व्यवस्था गरिने, प्रत्येक विद्यालयमा खेलकुद क्लब स्थापना गरिने कार्यक्रम पनि निति तथा कार्यक्रममा उल्लेख छ। 

साहसिक तथा पर्वतीय खेलकुदको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने, प्रत्येक प्रदेशमा एउटा प्रशिक्षण सुविधासहितको अन्तर्राष्ट्रियस्तरको रंगशाला निमार्ण गर्दै जाने, सबै स्थानिय तहमा खेलग्राम निमार्ण गर्ने, उच्च भूभागीय खेलकुद तालिम केन्द्र निमार्ण गर्ने कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएको छ। 

खेलकुद विश्वविद्यालयको सम्भाव्यता अध्ययन गरि आवश्यक प्रक्रिया अघि बढाइने तथा नागरिकलाई शारीरिक तथा मानसिक स्वास्थ्य सुधारका लागि खेलकुद शारीरिक व्यायाम योग तथा ध्यानको अभ्यास गर्न उत्प्रेरित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .