ad ad

खेल


एशियन कप छनोटमा नेपाल बंगलादेश र भुटानसँगै समूह ‘बी’ मा

एशियन कप छनोटमा नेपाल बंगलादेश र भुटानसँगै समूह ‘बी’ मा

नेपालखबर
जेठ १०, २०७९ मंगलबार १७:४४, काठमाडौँ

एएफसी यू–२० एशियन कप छनोटमा नेपाल बंगलादेश र भुटान रहेको समूह बी मा परेको छ। 

एशियन फुटबल कन्फेडेरेसन (एएफसी) ले मंगलबार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल समूह बी मा परेको छ। 

नेपाल रहेको समूहमा बंगलादेश र भुटानसँगै कतार, बहराइन छन्।  समूह बी का खेलहरु बहराइनमा हुनेछ। 

यू–२० एशियन कप छनोटमा ४४ समूहलाई १० समुहमा विभाजन गरिएको छ। एएफसी यू–२० एशियन कप सन् २०२३ मा उज्वेकिस्तानमा हुनेछ। 

एएफसी यू–१७  एशियन कप छनोटमा नेपाल समुह एफ मा परेको छ। नेपाल थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई रहेको समूह एफमा परेको हो। 

यू–१७ एशियन कप छनोटमा सहभागी हुने ४४ टोलीलाई १० समूहमा विभाजन गरेको छ। 

यो समूहको खेल अक्टोबर १ देखि ९ सम्म भियतनाममा हुनेछ। समूह विजेताले बहराइनमा हुने एसियन कपमा स्थान बनाउने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .