खेल


साग महिला भलिबल: नेपाल सेमिफाइनलमा, बंगलादेश बाहिरियो

साग महिला भलिबल: नेपाल सेमिफाइनलमा, बंगलादेश बाहिरियो

नेपालखबर
मंसिर १३, २०७६ शुक्रबार ९:१७,

नेपाली महिला भलिबल टोली १३औं दक्षिण एसियाली खेलकुद(साग) को सेमिफाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शुक्रबार भएको समूह चरणको दोस्रो खेलमा बंगलादेश भारतसँग पराजित भएसँगै नेपाल सेमिफाइनलमा पुगेको हो।

बंगलादेशलाई ३-० ले पराजित गरेको भारत समूह ए को विजेता तथा नेपाल उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका हुन्। नेपालले यसअघि पहिलो खेलमा बंगलादेशलाई ३-० कै सोझो सेटमा पराजित गरेको थियो।

दुवै खेल गुमाएको बंगलादेश भने समूह चरणबाट बाहिरिएको छ। अब नेपालले सेमिफाइनलमा समूह 'बी' को विजेतासँग खेल्नेछ। समूह बीबाट नेपालले श्रीलंका र माल्दिभ्समध्ये एकलाई प्रतिद्वन्दी पाउने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad