खेल


साग प्रतियोगितामा प्रहरीबाट ९२ खेलाडीले खेल खेल्ने

साग प्रतियोगितामा प्रहरीबाट ९२ खेलाडीले खेल खेल्ने

नेपालखबर
मंसिर १३, २०७६ शुक्रबार ९:५,

नेपाल प्रहरीबाट १३ औँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल प्रहरीको तर्फबाट ९२ खेलाडी खेल्ने भएका छन्।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार मङ्सिर १५ देखि २४ गतेसम्म हुने प्रतियोगितामा नेपाल प्रहरीको तर्फबाट ४४ महिला र ४८ पुरुष गरी ९२ खेलाडीको सहभागिता रहने भएको हो।

प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले नेपाल प्रहरीले १९ खेलमा सहभागिता जनाउने जानकारी दिए। प्रहरीले पुरुष फुटबल, महिला फुटबल, पुरुष भलिबल, महिला भलिबल, एथलेटिक्स, भारोत्तोलन, बक्सिङ, सुटिङ, जुडो, कराँते, तेक्वान्दो, ब्याडमिन्टनमा सहभागिता जनाउने छ।

यस्तै, टेबलटेनिस, उसु, क्रिकेट, महिला कबड्डी, आर्चरी, कुस्ती र महिला बास्केटबलमा पनि सहभागिता रहने प्रवक्ता पोखरेलले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad