खेल


कविताको अलराउण्ड प्रदर्शनमा सुदूरपश्चिमको जित

कविताको अलराउण्ड प्रदर्शनमा सुदूरपश्चिमको जित

नेपालखबर
असार ८, २०७६ आइतबार ११:१९,

कञ्चनपुरको भीमत्तनगरमा जारी प्रधानमन्त्री कप महिला प्रतियोगिताको पाँचौँ दिनको पहिलो खेलमा सुदूरपश्चिम विजयी भएको छ।

आइतबार महेन्द्ननगरस्थित क्रिकेट मैदानमा भएको पहिलो खेलमा सुदूरपश्चिमले प्रदेश नम्बर ५ लाई ५१ रनले पराजित गरेको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले १६ दशमलव एक ओभरमा सबै विकेट गुमाएर १ सय १ रन बनायो।

सुदूरपश्चिमका लागि कविता कुँवरले उत्कृष्ट प्रर्दशन गरिन्। पच्चीस बलको सामना गरेकी कविताले आठ चौकासहित ४३ रनको बनाइन्। त्यस्तै कविता जोशीले १९, रेवती धामीले ९, निशा भट्टले ८ रन बनाए।

प्रदेश नम्बर ५ का लागि नेरी थापा र अलिसा केसीले तीन-तीन विकेट लिए। लक्ष्य पछ्याउने क्रममा प्रदेश नम्बर पाँच १६ ओभरमा सबै विकेट गुमाएर ५० रनमै अलआउट भयो 

प्रदेश नं ५ का लागि लक्ष्मी चौधरीले नटआउट १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन्। सुदूरपश्चिमका लागि कसिलो बलिङ गर्ने क्रममा टिम कप्तान जानकी भट्टले तीन विकेट लिइन्। त्यस्तै कविता कुँवर, सुनम विष्ट र लक्ष्मी साउदले समान दुई-दुई विकेट लिइन्।

खेलको प्लेयर अफ द म्याच कविता कुँवर भइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad