ad ad

खेल


सागको टिकट बेचेमार्फत इसेवालाई १५ प्रतिशत कमिशन

सागको टिकट बेचेमार्फत इसेवालाई १५ प्रतिशत कमिशन

नेपालखबर
मंसिर १२, २०७६ बिहिबार १७:३७,

राखेप सदस्यसचिव रमेशकुमार सिलवालले टिकट विक्रीको जिम्मा इ सेवालाई दिइएको जानकारी गराउँदै त्यसवाफत उक्त कमिशन उपलब्ध गराइने सहमति भएको बताए। 

'इ सेवालाई टिकेट विक्री गरेवापत १५ प्रतिशत कमिशन दिने सम्झौता भएको छ। त्यसमा ८ प्रतिशत उहाँहरुले पाउनुहुनेछ। बाँकी ७ प्रतिशत पछि हामीले आयोजना गर्ने कुनैपनि इभेन्टमा उहाँहरुले लगानी गर्ने सम्झौता भएको छ,' सदस्यसचिव सिलवालले भने। 

इसेवाका प्रतिनिधि रोशन लामिछानले दशरथ रंगशलामा हुने समूह चरणका फुटबल खेल हेर्न साधारण पारापिटमा पाँच सय र भिआइपी पारािपटमा एक हजार रुयिाँको टिकट तोकिएको जानकारी दिए । यसैगरी क्रिकेटको टिकट विक्रीको अधिकार भने नेपालयसँग छ । क्रिकेटमा नेपालको खेल हुँदा पाँच सय र अन्य देशबीच खेल हुँदा दुई सय रुपियाँ टिकट मूल्य तोकिएको छ ।

दुई दशकपछि नेपालमा भइरहेको साग खेलका सबै टिकट अनलाइनबाट बिक्री गर्नका लागि टिकटिङ पार्टनरमा इसेवालाई नियुक्त गरिएको हो। यससँगै राजधानी काठमाडौँमा हुने भलिबल, फुटबल, बास्केटबल र क्रिकेटको टिकट दर्शकले इसेवामार्फत सहजै खरीद गर्न सकिने कम्पनीले आज एक विज्ञप्तिमार्फत जनाएको छ ।

दर्शकले sag.esewa.com.np मा गई आफूले हेर्न चाहेको खेलको टिकट खरीद गर्न सक्नेछन् । टिकट खरीद गर्दा खेल हेर्ने दर्शकले आफ्नो नाम र मोबाइल नम्बर राखेर आफ्नै मोबाइलमा टिकटको इलेक्ट्रोनिक कपी डाउनलोड गर्न सकिनेछ।

हरेक टिकटमा दर्शकको नाम, मोबाइल नम्बर र युनिक क्युआर कोड रहनेछ । दर्शकले प्रवेशद्वारमा आफ्नो टिकट र परिचयपत्र अनिवार्य देखाउनु पर्नेछ । उक्त टिकट ‘रियल टाइम’ मै ‘भेरिफाइ’ हुने र परिचयपत्र देखाएपछि दर्शकले प्रवेश पाउने छन् । यो टिकटिङ प्रणालीले टिकटमा हुने कालोबजारी र फर्जी टिकटको समस्याको समाधान गर्ने जनाइएको छ।

यस्तै यसपटक फुटबल प्रतियोगितामा सिट नम्बरसहितको टिकट उपलब्ध रहेकाले आफ्नो टिकटमा उल्लेखित सिट नम्बरमा बसेर खेल हेर्न सकिनेछ । इसेवा एकाउण्ट भएका व्यक्तिले सिधै मोबाइलबाट टिकट खरीद गर्न सक्नेछन् । इसेवा एकाउण्ट नभएका व्यक्तिले नजिकैको साइबर, स्टेशनरी, कम्युनिकेशन (इसेवा जोन तथा पोइन्ट) मा गई अनलाइन टिकट खरीद गर्न सकिनेछ ।

यसअघि पनि इसेवाले आइसिसी, एन्फाअन्तरगत विभिन्न अन्तर्राष्ट्रिय खेलको सफल टिकटिङ र प्रवेश व्यवस्थापन गरिसकेको छ । सन् २००९ बाट सञ्चालन रहेको इसेवाको २५ लाख ग्राहक रहेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .