ad ad

खेल


तेह्रौँ साग: अग्रिम टिकट बिक्री शुक्रबारदेखि

तेह्रौँ साग: अग्रिम टिकट बिक्री शुक्रबारदेखि

नेपालखबर
मंसिर १२, २०७६ बिहिबार १७:३०,

 मङ्सिर १५ गतेदेखि यहाँ हुने सागका विभिन्न खेलका लागि स्थानीय व्यवस्थापन तथा सहजीकरण समितिले टिकट बिक्री गर्न लागेको हो ।

सागमा कास्कीको पोखरामा आठ खेल हुँदैछन् । टिकट व्यवस्थापनको जिम्मा स्रोतसाधन परिचालन समितिले लिएको छ । साधारणतर्फ रु १०० र सिजनलतर्फ रु ५०० टिकट दर कायम गरिएको समितिका संयोजक सञ्जीवबहादुर कोइरालाले जानकारी दिनुभयो । यसैगरी बिच भलिबलको टिकट दर रु २०० तय गरिएको छ । पोखराको विभिन्न ठाउँको चोकमा १४ टिकट बिक्री कक्ष राखिएको छ ।

पोखरामा हुने विभिन्न आठ खेलका लागि ८४० खेलाडी तथा अफिसियल पोखरा आउँदैछन् । पोखरामा महिला फुटबल र क्रिकेट, बीच भलिबल, भारोत्तोलन, ह्याण्डबल, ट्रायथलन, आर्चरी र ब्याडमिन्टन खेल हुनेछ । नेपालले स्वर्ण आश गरेको प्याराग्लाइडिङ भने नहुने भएको छ । पोखरास्थित रङ्गशालामा फुटबल, क्रिकेट, ब्याडमिन्टन, ह्याण्डबल र धनुकाण खेल हुनेछन् भने भारोत्तोलन पोखरा–१२ माटेपानीमा तथा ट्रायथलन र बिच भलिबल लेकसाइडमा हुने साग खेल प्रचारप्रसार समितिका संयोजक केशव पाठकले जानकारी दिए।

ट्रायथलनको तयारी अन्तिम चरणमा

तेह्रौँ सागअन्तर्गत पोखरामा हुने ट्रायथलन खेलको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर १६, १७ र १८ गते हुने ट्रायथलनका लागि पूर्वाधार निर्माण भइसकेको र आवश्यक सामग्री सबै खेलस्थलमा पुगिसकेको जिल्ला ट्रायथलन सङ्घका सचिव प्रकाश बरालले जानकारी दिनुभयो । फेवातालमा पौडीका लागि प्लाष्टिकका ब्लक हाल्ने काम सकिएको छ । यहाँ पुरुष र महिला पौडी, २० किलोमिटरको साइक्लिङ र पाँच किलिमिटरको दौड हुनेछ । प्रतियोगितामा पाँच स्वर्ण, पाँच रजत र पाँच कास्य पदकका लागि प्रतिस्पर्धा हुने बताइएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .