ad ad

खेल


सागमा नेपालको विजयी सुरुवात

सागमा नेपालको विजयी सुरुवात

नेपालखबर
मंसिर ११, २०७६ बुधबार ११:३,

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले विजयी सुरुवात गरेको छ।

बुधबार भएको महिला भलिबलमा नेपालले बंगलादेशलाई पराजित गर्दै विजयी सुरुवात गरेको हो। बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गरेको हो। एकपक्षीय खेलमा नेपालले बगंलादेशलाई २५-९, २५-९ र २५-११ ले हरायो।

खेलपछि पत्रकारसँग कुरा गर्दै टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टले भलिवलमा राम्रो सुरुवात गरेको बताए। प्रतिपक्षीले राम्रो नखेल्दा खेल स्लो भएको हो। आजको खेलमा केही गल्ती भएपनि आगामी दिनमा सुधार गर्दै जाने भट्टले बताए। दक्षिण एशियाको पावर हाउस मानिएको भारतसँगको खेलमा उच्च मनोबलका साथ कोर्टमा उत्रने बताए। घरेलु मैदानमा भारतसँगको खेलमा जित निकाल्ने रणनितिमा आफूहरु रहेको उनको भनाई छ।

यस्तै टोलीका कप्तान अरुणा शाहीले घरेलु मैदानमा खेल्दा आपुूहरु दबाबमा रहेपनि उत्साहित भएको बताईन्। बगंलादेशविरुद्धको खेलमा नेपालको कमजोर पक्ष देखिएपनि आगामी दिनमा त्यसलाई सुधार गर्दै लैजाने कप्तान शाहीको भनाई छ। बगंलादेशको खेल स्लो भएका कारणपनि आफूहरुको खेल स्लो देखिएको उनले बताईन्। भारतसँगको खेलमा आफूहरु अझै शसक्त रुपमा मैदान उत्रने बताईन्।

दोस्रो खेलमा नेपालले विहीबार भारतसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल रहेको समुह ए मा भारत र बंगलादेश छन्। समुह बी मा श्रीलंका, पाकिस्तान र मालदिभ्स छन्।

आजै हुने भनिएको महिलातर्फको अर्को खेलमा पाकिस्तान उपस्थित नभएपछि मालदिभ्सले वाकओभर पाएको छ। वकओभरपछि मालदिभ्सले ३ अंक पाएको छ।

बगंलादेशविरुद्धको खेलबाट उषा भण्डारी र हिरा केसीले राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन्। नेपाल पुलिसबाट ब्यवसायिक भलिवल खेल्दै आएकी उषा र एपीएफकी हिरा दोस्रो सेटको अन्त्यतिर कोर्ट प्रवेश गरेका थिए। पहिलो सेटमा सहज जित दर्ता गर्दै दोस्रो सेटमा फराकिलो अग्रता लिएपछि प्रशिक्षक जगदीश भट्टले अन्य खेलाडीलाई अवसर दिएका थिए।

यी दुवै बंगलादेशमा सम्पन्न सेन्ट्रल जोन भलिबलका लागि घोषित १८ सदस्यीय टोलीमा रहेपनि अन्तिम टोलीमा परेका थिएनन्। सेन्ट्रल जोनमा सहभागी १२ खेलाडीमा सागका लागि २ खेलाडी थप्न पाईने भएपछि प्रशिक्षक भट्टले भण्डारी र केसीलाई टोलीमा समेटेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .